गृहपृष्ठ Featured हिउदे झरि संग संगै मेलाको रमझम

हिउदे झरि संग संगै मेलाको रमझम

भनिन्छ, पुष फासफुस । चिसो मौसम । मडारिएको आकाश । साउन महिनाकै स्मरण दिलाउने गरी परिरहेको सिमसिमे पानी । बिहिबार रुपन्देहीका अधिकांश स्थानको मौसम यस्तै रह्यो । समय बितेको पत्तै नहुने पुष महिनामा न त कतै पन्जे बाजा बजाएको सुनिन्छ । न त कतै पुजाआजा भएको नै देखिन्छ । तर सैनामैनाको मुर्गियामा भने बिहिबार विवाहकै झल्को दिने गरी बाजा बजाउँदै थिए । पाल्पाली नौमती बाजा समुह । पुर्व पश्चिम राजमार्गमा सवारी साधनको बाक्लो चाप हुने गर्दछ । मुख्य राजमार्गमा नै बाजा घन्किरहेको थियो ।

भिडभाडकै कारण आकस्मिक सेवाको एम्बुलेन्स सँगसँगै अन्य सवारी साधनहरु एकतर्फी रुपमा क्रमबद्ध तरिकाले गुड्दै थिए । राजमार्गबाट उत्तर दिशा तर्फ रातो र सेतो रङमा मन्दिर आकारमा सजिएको ठुलो गेट थियो । पानीका कारण बाटो भने हिलाम्मे नै थियो । मुल गेट नजिकै राजमार्गमा स्थानियको उत्साहजनक सहभागिता थियो । कोही पन्चेँबाजामा छमछमी नाँच्दै थिए । कोही रातो र चन्द्र सुर्य अंकित झण्डा समातेर फहराइरहेका थिए । त्यही रमझममै एउटा ठुलो ब्यानर थियो । ब्यानरमा ठुला–ठुला अक्षरमा लेखिएको थियो ।

“ आर्थिक विकासका राष्ट्रिय आधार ः कृषि पर्यटन,उद्योग र व्यापार चौथो राष्ट्रिय सैनामैना कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ जनचेतना र्याली । आयोजना सैनामैना उद्योग वाणिज्य संघ । र्यालीमा गहुँगोरो वर्ण, कालो टोपी, भान्टा रङको सर्ट,कालो हाइनिक र कालै कोट पाइन्टमा सजिएर ब्यानरको बिच भागमा उभिएका थिए । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की । र्याली, नौमती बाजा सहित अगाडि बढ्यो । सोही क्रममै पुर्व र पश्चिबाट एघार वटै वडाबाट आएका सहभागिहरुको लाइन थियो । विभिन्न संघ,संस्थाहरु आफ्नो पहिचान झल्किने गरी ब्यानर सहित क्रमबद्ध तरिकाले मेला स्थल प्रवेश गरे । पानी परिरहेकै थियो । मेला स्थल निरन्तरको असारे पानीले बनाएको हिलो जस्तै बन्यो ।

आयोजकले कतिपय स्थानमा भने मिस्कट र धानको भुसको व्यवस्थापन गरेका थिए । मेलामा आएका स्थानिय भने –छाता ओढेरै भएपनि कार्यक्रमलाई सफल बनाउन साथ दिँदै थिए । मेलाको औपचारिक कार्यक्रम सुरु भयो । पुर्वपट्टी फर्किएको चिटिक्क सजाइएको मञ्चमा अतिथिहरुलाई आसन ग्रहण गराउने क्रम जारी र्हयो । महोत्सवको नगर प्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गरे । अतिथिहरु बोल्नेक्रम चलिरहेकै थियो । मेलामा प्रमुख अतिथिका रुपमा आएका चित्र बहादुर कार्कीले आफ्ना भनाई राख्दै थिए । उनले भने –“ सैनामैनामा मेला,पर्दशनी आयोजना स्थलको घोषण यसै बर्ष हुनेछ ।

” यत्तिकैमा खुसी हुँदै मञ्चका अतिथि र सहभागीहरुले ताली बजाए । फेरी कार्कीले प्रतिबद्धता जनाउँदै थपे –“ यस आर्थिक वर्षमा नै मेला स्थल निर्माण कार्यको प्रारम्भ समेत गरिनेछ । ” महोत्सवले स्थानिय उद्योग व्यापारको उत्पादनलाई बजारीकरण गर्न र यस क्षेत्रको कृषि,पर्यटन पबद्र्धनमा टेवा पुर्याउने विश्वास कार्कीले गरे । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा सहभागि थिए । नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा । उनले भने –सैनामैनाको धार्मिक,ऐतिहासिक,साँस्कृतिक र पर्यटन क्षेत्रको प्रचार प्रसार गर्न सके समृद्ध सैनामैना सम्भव छ । संघका अध्यक्ष एवम् महोत्सव संयोजक राज बहादुर क्षेत्रीले कार्यक्रम बारे प्रकाश पार्दै भने – “बुद्धकालिन सभ्यताको उजागर गर्न मेला आयोजना गरेका हौँ ।

” मेलामा कृषि उत्पादन,कृषि औजार,सुचना तथा प्रबिधि,शिक्षा, दैनिक उपभोग्य वस्तुहरुका स्टल रहने क्षेत्रीले जानकारी गराए । कार्यक्रममा नेकपाका पाँच नम्बर प्रदेश कमिटीका सदस्य भूमिलाल सापकोटा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा मूल्यांकन समितिका संयोजक खुशीराम चौधरीले स्थानिय उत्पादनलाई जोड दिन आग्रह गर्दै सफलताको कामना गरे ।

मेलामा उत्कृष्ट र्यालीहरुलाई नगद सहित सम्मान पत्रले सम्मान समेत गरियो । ‘मेलामा स्थानीय कृषि उत्पादन र पर्यटनलाई प्राथमिकता दिएका छौँ । महासचिव दीपक अधिकारीले भने । ’ सैनामैना ४ मुर्गिया पर्रोहा माविको अगाडि निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा संचालन भईरहेको मेलामा २ सय २० स्टल छन् । आयोजकले २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने र ५ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरेका छन् ।

सम्बन्धित् समाचार