गृहपृष्ठ Featured बाणगंगा नदीको ठेक्का टेन्डरमा चलखेल , जनप्रतिनिधिहरुमाथि नै संका

बाणगंगा नदीको ठेक्का टेन्डरमा चलखेल , जनप्रतिनिधिहरुमाथि नै संका

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकाले लगाएको बाणगंगा नदीको ठेक्का टेन्डरमा चलखेल हुने देखिएको छ । टेन्डर पछि तिनवटा कन्ट्रकस्न कम्पनीहरु पहिलो एन बि कन्ट्रकस्नले रु पाँच करोड एघार लाख , दोस्रो सत्यसाई निमार्ण कम्पनीले तिन करोड उन्नासय लाख ,तेस्रो रवि निमार्ण सेवाले एक करोड असी लाख रुपैयाको टेन्डरमा समावेश भएका थिए ।

समावेश तिन वटा कम्पनिहरुले ठेक्कामा चलखेल गर्न लागेको नगरपालिकाद्वारा गोप्य सूचनाबाट बुझिएको छ । उक्त कम्पनिहरुले यस्तो प्रवृति देखाएपछि नगरपालिकाले अर्को टेन्डर आह्वान गर्ने या टेण्डर नै रद्ध गरी अन्य नाका खोल्नेबिच नगरपालिकाको मौखिक सहमति भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

ठेकेदारहरु मिलेर बाणगंगा नगरपालिकाको यस ठेक्कामा ३ करोड ३१ लाख रकमबिच चलखेल हुने देखिएको हो । यस बिषयमा नगरपालिकाकै जनप्रतिनिधिहरुको संलग्नता रहेको हुन सक्ने सरोकारवालाहरुले बताएका छन । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा भने यस बिषयमा बाणगंगा नगरपालिकाभन्दा सचेतता देखिएको छ ।

 

कपिलवस्तु नगरपालिकाले लगाएको ठेक्कामाथि ठेकेदारले चलखेल गर्न थालेपछि कपिलवस्तु नगरपालिकाले दोस्रो र तेस्रो ठेक्का दिन मानेको थिएन । नियमानुसार पहिलो र दोस्रोले ठेक्का नलिए ५ प्रतिशतका दरले धरौटी भने जफत कुनै पनि हालतमा नगरपालिकाले गर्ने प्रवक्ता पौडेलले बताए ।

सम्बन्धित् समाचार