कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले २१० वटा पावर पोइण्टद्धारा अवैध रुपमा बिद्युत चोरी गरी राजश्व छलेको पाइएको छ ।
बैखरी अनलाइनले गतसाता कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले बिद्युत चोर्दै राजश्व छल्दै शिर्षक राखी समाचार लेखेपछि जिल्ला बिद्युत प्राधिकरण कपिलवस्तुले अनुगमन गरेकोमा २१० त्यस्ता पावर पोइन्ट पत्ता लगाएको हो ।

अनुगमनका क्रममा प्राधिकरणले २१० पावर पोईण्ट प्रयोग गरि कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले अवहिध रुपमा विद्युत चोरी गरि राजस्व छलि गर्दै आएको प्राधिकरण कपिलवस्तुका प्रमुख जय कुमार यादवले जानकारि दिए ।गत पुषदेखि अहिले सम्मको मुल्याकंन गरी क्षतिपुर्ति तिराईने देखि लिएर अन्य कारबाहि गरिने उनले वैखरी अनलाइनलाई बताए ।
यस बिषयलाई लिएर जिल्ला प्रशासन र अख्तीयार कार्यालयमा वैखरी अनलाइनले प्रमाण सहित जानकारी गराउने तयारी गरेको छ । कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले बर्षौ देखि कराडौको बिद्युत चोरी गरी राजश्व छलि सकेको छ ।








