गृहपृष्ठ Featured बुद्धभुमी कपिलवस्तु सेवा समाज, कतारको सातौं बैठक तथा श्रद्धाञ्जली सभा सम्पन्न

बुद्धभुमी कपिलवस्तु सेवा समाज, कतारको सातौं बैठक तथा श्रद्धाञ्जली सभा सम्पन्न

प्रकाशित मिति:

बुद्धभुमी कपिलवस्तु सेवा समाज, कतारले संस्थाको सातौं नियमित बैठक तथा श्रद्धाञ्जली सभा गत शुक्रवार दोहाको मुन्ताजा पार्कमा सम्पन्न गरेको छ।

“कपिलवस्तुको चाहाना, सभ्य र समृद्ध समाजको कल्पना भन्ने मुल नाराका साथ स्थापित यस संस्थाले सातौं नियमित बैठकको अबसरमा संस्थाकै बाणगङ्गा नगरपालिकाका नगर संयोजक श्री रामु बेल्बासेज्युको हजुरबुबा बाणगङ्गा -७ मोतिपुर निवासी मित्रलाल पौडेलको गत १९ पौष २०७६ (तदनुसार ०४ जनवरी, २०२०) का दिन भएको दु:खद निधनको खबरले स्तब्ध हुँदै शोकको यस दुखद घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गरेको थियो। उहाँको सम्झनामा एक मिनेट मौन धारण सहित संस्थाका अध्यक्ष श्री केशव खनालको अध्यक्षतामा शुरु भएको उक्त बैठक तथा सभा सचिव श्री बाबुराम गैरेले सन्चालन गर्नुभएको थियो भने कपिलवस्तुबाट विभिन्न पेशा, ब्यबसाय, र रोजगारको शिलसिलामा कतारलाई कर्मथलो बनाउनुभएका कपिलवस्तुवासिहरुको उलेख्य उपस्थिती रहेको थियो।

सम्बन्धित् समाचार