प्रजातान्त्रिक लडाइका अगुवा भरत शेनको परिवारलाई तरुण दल र नेविसंघ छेत्र नं.-१ को सहयोग:- नेविसंघ छेत्र नं.-१ र नेपाल तरुण दल कपिलवस्तुले राहत वितरण गरको छ ।
कपिलवस्तुको वाणंगा नगरपालिका वडा नम्बर ५ कोपवा मधौलि स्थित प्रजातान्त्रीक अगुवा शेनको परिवारलाई सिरक डसना त्रीपाल तथा खाद्यान्न लगाएतका सामाग्री प्रदान गरिएको नेविसंघ कपिलवस्तु क्षेत्र नम्बर १ का सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभएको छ ।
नेपाली कागं्रेस मधौलीय टोल संयोजक कमल खनालको सभापतित्वमा संचालन गरिएको सो कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमूख तारावती चौधारीको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा चौधारीले नेवि संघ र तरुण दलले गरेका सामाजिक क्रियाकलापहरुको प्रशंसा गर्दै आगमी दिनमा पनि यस्ता सामाजिक क्षेत्रका उदाहरणीय कार्यमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले नेवि संघ र तरुणदलका युवाहरुले गरेका कामहरुले एक सकारात्मक सन्देश प्रवाह गरिरहेका पनि बताउनुभयो । यस्तै तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले प्रजातान्त्रिक सेनानी भरत शेनको परिवारले नेपाली कागं्रेस प्रति ठूलो योगदान गरेको उल्लेख गर्दै नेवि संघ र तरुण दल सदैव साथमा रहेको बताउँदौ समाजमा भएका अति विपन्न परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
माहादिवेशन प्रतिनिधि छविलाल नेपालीले सेन परिवार प्रति आफू नजिकबाट जानकार रहेको भन्दै आगामी दिनमा पनि सहयोगका लागि तत्पर रहेको बतउनुभयो । कार्यक्रममा नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर १ का सभापति चन्द्रकान्त पोख्रेलले कार्यक्रम मा स्वागत गर्दै नेवि संघ र तरुण दलले कपिलवस्तु जिल्लामा विभिन्न समयमा विभन्न किसिमका कार्यहरु संचालन गर्दै आएको भन्दै समुदायमा रहेका विपन्न तथा आर्थिक अवस्थाबाट कमजोर रहेकाहरुको साथमा पनि क्रियाशिलताका साथ लागिरहेको बताउनुभयो ।
साथै हरेक ठाउमा रहेका दिन दुखी कोहि छन भने तिनलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफ्नो सानो सहयोगले कसैको जिवनमा खुसी ल्याउछ भने सधैं आफु तयार रहेको बताउनु भयो पार्टीका अग्रजहरुलाई सम्मान गर्दै हामी कर्म मा बिश्वास गर्ने कर्म योगि हौ ,,,,कुरा होइन काम म बिश्वास गर्छौ भन्दै सरकारले जनतालाई सास्ती दिने अनेक काम गर्दा हामिले आआफ्नो ठाउमा सहयोग गर्दै हिडेको बताउनु भयो। यता वाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले वडा र नगरपालिका दुवै क्षेत्रबाट सक्दो सहयोग गर्न आफु पनि तयार भएको बताउनुभयो । नेवि संघ र तरुण दलले आफ्नै निवासमा आई आफूलाई सहयोग प्रदान गरेको प्रति प्रजातान्त्रिक अगुवा सेनले खुसि व्यक्त गर्दै धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा नेपाली कागं्रेस वडा नम्बर ५ का सभापति शालिकराम पौडेल, क्षेत्र न १ का क्षेत्रीय सचिव प्रेमनारायण पौडेल, तरुण दल क्षेत्रीय अध्यक्ष तिलक थापा नेविसंघ सिद्धार्थ क्याम्पस इकाई सभापति दिनेश छेत्री तरुण दलका कृष्ण पराजुली,पवन थापा, दिपक घिमिरे,लछ्मी कुंवर सुशील सिंह ठकुरि बिधार्थी नेता तिलक पाण्डे लगाएतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन तरुण दल क्षेत्र नम्बर १ का सचिव गोबिन्द आचार्यले गर्नु भएको थियो ।कार्यक्रमका लागि नेका अर्घाखाँची कपिलवस्तु सम्पर्क समितिका सभापति तुल्सिराम घिमिरे शिक्षक संघका चन्द्रकान्त पोखरेल गंगा बहादुर छेत्री लगायतले सहयोग गर्नुभएको थियो भने कार्यक्रममा गाउमा भद्र भलादमी पार्टी कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो र सो कार्यको सबैले प्रसंसा गरेका थिए।