कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालका एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ।
आयोजक राष्ट्रीय एकता समारोह समिति परिवार कृष्णनगर समितिका अध्यक्ष पुष्पा रजौरियाको अगुवाईमा मनाइएको हो । जस्मा वक्ताहरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन्।
साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नुपर्ने कुरामा जोड दिए। उक्त कार्यक्रममा प्रेम शंकर शुक्ल, रवि दत्त मिश्रा, अकरम पठान, गुरु शरण सिंह, दिनेश चन्द गुप्त, सुनील अग्रहरी, पंकज गुप्ता,संजय गुप्ता, तुंगनाथ समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित थियो।