२९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । यसलाई विभिन्न कार्यक्रम गरी कपिलवस्तु सहित देशभरी मनाइएको छ । वाणगंगा वेलफेयर सोसाईटिको आयोजनामा पृथ्वी जयन्ती मनाईएको हो । २९८ औँ पृथ्वी जयन्तीको अवसरमा २९८ वटा दिप प्रज्वलन गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ ।
सो अवसरमा प्रमाहम स्वामि सद्गुरुदेव राहुलेश्वरानन्द महाराजले पहिलो दिप प्रज्वलन गरेका थिए । साथै शिवसेना नेपालका अध्यक्ष अनिल बाबु बस्नेतले पनि दिप प्रज्वलन गरी राष्ट्रिय एकता दिवसको शुभकामना व्यक्त गर्दै देशमा शान्ति, संमृद्धि तथा एकताको कामना गरेका थिए ।
धनगढिमा रहेको साधना शिविर सकेर फर्किने क्रममा उनलाई सो अववसर जुटेको हो । दिवसको अवसरमा देशका पश्चिमी जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा उनीहरुले सहभागिता जनाएका हुन् । राष्ट्रीयता संगै पृथ्वी नारायण शाहको योगदानलाई भुल्न नहुने आयोजक बाणगंगा वेलफेयर सोसाइटिका अध्यक्ष एवंम युवा समाजसेवि राजकुमार खाँणले बताएका छन ।