गृहपृष्ठ Featured स्ववियु चुनावको तयारी थाल्न देशभरका ६२ क्याम्पसलाई निर्देशन

स्ववियु चुनावको तयारी थाल्न देशभरका ६२ क्याम्पसलाई निर्देशन

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तयारी सुरू गर्न देशभरका आंगिक क्याम्पसलाई निर्देशन दिएको छ।

विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगा थापाले फागुन १४ गते स्ववियु चुनाव हुने भएकोले देशभरका ६२ क्याम्पसलाई तयारी थाल्न निर्देशन दिएका हुन्।

‘स्ववियु चुनावको तयारी थाल्न आंगिक क्याम्पसलाई पत्राचार गरिएको छ,’ उनले भने। निर्वाचनका लागि क्याम्पसहरूले नै निर्वाचन समिति बनाउन सक्छन्।

त्रिविबाट सम्बन्धन पाएका देशभरका एक हजार ५१ क्याम्पसमा स्ववियु चुनाव हुनेछ। दश वर्षदेखि यी क्याम्पस स्ववियुविहीन थिए। स्ववियु निर्वाचनमा २८ वर्षभन्दा मुनिका विद्यार्थी मात्रै भाग लिन पाउँछन्। स्ववियुका लागि अध्यक्ष, सचिव र कोषाध्यक्षमा प्रत्यक्ष चुनाव हुनेछ।

सम्बन्धित् समाचार