कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ मा पर्ने मायादेवि रंगशालामा मयादेवि सस्टेडियम बन्ने भएको छ । उक्त स्टेडियमको लागि यहि पौष २५ गते बोलपत्र स्वीकृत भएको हो ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको २०७६÷०७७ विनियोजित बजेट मध्य रु पच्चीस लाख लागतमा डिपिआर तयार हुन लागेको हो । स्टेडियमको डिपिआर चार मिहना भित्र तयार हुने जिल्ला खेलकुद विकास समितीले जनाएको छ । स्टेडियम भैसकेपछि एथलेटिक्स ,फुटबल ,भोलिबल ,बास्केटबल ,क्रिकेट , लगाएतका खेलहरु खेल्नका लागि सहज हुने छ ।
प्रदेश न. ५को मध्य भुभागमा रहेको ,महेन्द्र राजमार्गको छेउमा भएका कारण पनि खेलाडिहरुलाई यातायातमा सहजता हुने र जिल्लाका हिसाबले पनि उत्तम रहेकाले मायादेवि रंगशालामा यस्तो स्टेडियम बन्नलागेको जिल्ला खेलकुद विकास समिती कपिलवस्तुका अध्यक्ष छवि रेश्मीले बताए ।
त्यस्तै स्टेडियम बनिसके पछि जस्तो सुकै मैसमा पनि खेलाडिहरु लाई खेल्न र नयाँ खेलमा रुचि राख्ने खेलाडिहरु लाई सिक्नका लागि सजिलो हुने तथा राष्ट्रिय स्तरका खेलहरु पनि ढुक्क संग खेलाउन सकिने जिल्ला खेलकुद विकास समिती कपिलवस्तुका कार्यालय प्रमुख मिन पाख्रेलले बताए ।
स्टेडियम जिल्ला खेलकुद विकास समिती कपिलवस्तको पहलमा बन्ने भएको हो । जसका लागि बाणगंगा नगरपालिकाले प्रविधिक सहयोग गर्ने बताइएको छ ।