कपिलवस्तुमा माघिको रौनक शुरु भएको छ ।थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी आजबाट कपिलवस्तुका घर घरमा खानपिन सहित हर्सोउल्लासका साथ मनाईदैछ ।
थारु समुदायमा आजकै दिन नयाँ वर्ष मनाउने र वर्षभरि भएका गतिविधिका समिक्षा गर्ने नयाँ अगुवा वड्घर,तथा चौकिदार चुन्ने दिनका रुपमा पनी परिचित छ । यसै अवसरमा कपिलवस्तुका थारु समुदायहरुले भोलीदेखि ठाँउ ठाउँमा महोत्सवको आयोजना गरेका छन् । भाषा कला संस्कृर्तीको जर्गेर्ना गर्न महोत्सवको आयोजना गर्न थालेको थारु अगुवाहरुले जनाएका छन् । खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको छ ।

जिल्लाको वाणगङ्गा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मेला लाग्ने थारू कल्याणकारी सभा कपिलवस्तुले जनाएको छ । वाणगङ्गा नगरपालिकाको हथौसा, बुद्धभूमि नगरपालिकाको बरकुलपुर र शिवराज नगरपालिकाको चन्द्रौटा तथा भगवानपुरमा जिल्लास्तरको मेला लाग्ने थारू अगुवा रामबहादुर थारूले बताए । वडा वडामा पनी महोत्सवको हुन लागेका हुन् ।
यसै क्रममा दुसरा बाणगंगा नगर स्तरिय माघि खिचडि महोत्सव कोअवसरमा भोलीबाट ३ दिन सम्म हथौसामा सुरुहुन लागेको माघि महोत्सवका बारेमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ ।








