गृहपृष्ठ Featured गजेडी दानापुरतालको पर्यटन प्रबर्द्धन गर्न महोत्सव संचालन मुल ब्यबस्थापन समिति गठन

गजेडी दानापुरतालको पर्यटन प्रबर्द्धन गर्न महोत्सव संचालन मुल ब्यबस्थापन समिति गठन

प्रकाशित मिति:

सिमसारको संरक्षण उधमशिलता र पर्य(पर्यटनको प्रबद्धनू भन्ने अभियान सहित माघ १५ गते देखि संचालन हुने ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सब(२०७६ संचालनका लागि श्री समयमाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष मिन बहादुर थापाको संयोजकत्वमा कञ्चन गाउपालिकामा रहेका बिभिन्न टोल बिकास संस्था,आमा समूह,क्लव तथा संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधी पदेन सदस्य रहने गरी महोत्सव संचालन मुल ब्यबस्थापन समिति गठन गरिएको छ।

कञ्चन गाउपालिकामा रहेको गजेडी दानापुरतालको पर्यटन प्रबर्द्धन गर्ने उद्धेशयले ११ औं संस्करणको रुपमा संचालन हुन लागेको ताल महोत्सबको प्रचार प्रसार गर्न र दानापुर तालको पर्यटन प्रबर्द्धन गरि आन्तरिक तथा बाह्य प्रयटकहरुको आगमनलाई वृद्धि गर्न उद्देश्यका साथ संचालन हुने कञ्चन गजेडी दानापुरताल महोत्सबलाई भव्य र सभ्य रुपमा सफल बनाउन कञ्चन गाउपालिका स्तरिय गैर सरकारी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको भेला गरी महोतसव मुल संचालन समिति गठन गरिएको हो ।सोही भेलाबाटै बिभिन्न उपसमितिहरु समेत गठन गरिएको छ।

भेलामा महोत्सव बारे जानकारी दिदै श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मीन बहादुर थापाले बिगतका मेलाहरुबाट सिकेका अनुभवहरुलाई आत्मसाथ गर्दै र बिगतका कमजोरीहरुलाई सच्चाउदै ११ औं संस्करणको महोत्सबलाई प्रभावकारी बनाउन महोतसव संचचालन मुल समिति गठन गरिएको र यो समितिले कञ्चन सहित गैडहवा,सैनामैना र कपिलबस्तुको बाणगंगा नगरपालिकाहरुमा समेत प्रचार प्रसार गरी महोत्सवको रौनकता बढाउन सबैलाई आग्रह गर्नु भएको छ ।

महोत्सब संचालनले रुपन्देही जिल्लाकै गरिमाको रुपमा परिचित दानापुर तालको प्रचार प्रसार र नेपाल सरकारले लिएको भ्रमण बर्ष २०२०लाई सफल बनाउन मद्दत गर्ने बताउदै महोत्सबमा संकलित प्रबेश द्धार शुल्कबाट महाबिर पुनले स्थापना गरेको राष्ट्रिय आबिस्कार केन्द्र,बनयजनतु संरक्षण कोष,कञ्चन गाउपालिकामा रहेका बिभिन्न संघसंस्था९बिशेष गरी महोतसवमा बिभिन्न झांकी र र्यालीमा सहभागि हुने०,पुरातात्विक तथा पर्यापर्यटन क्षेत्रमा काम गर्ने संस्था र उधमशिलताका बिकास कोषमा रु ११ गरी ५ रुपैया छुट्टाइने बताउनु भएको छ।

दानापुरतालको भ्रमण आएपछि दानापुरको स्मरणीय केन्द्र के हो त भन्ने कुरालाई गुरुयोजनामा समाबेस गरिएको र यो महत्वपुर्ण केन्द्र बनाउन र राज्यको आखा दानापुरतालमा दृष्टि परोस र सरोकारको बिषय बनी दानापुरको सुन्दरतालाई प्रचार गर्नकै लागि महोत्सबको आयोजना गरिएको र सो उद्धेश्य पूरा गर्नमा आम कञ्चनबासीको कांधमा बिशेष जिम्मेवारी आएको बताउदै दानापुर ताल कञ्चनको समृद्धीको आधार हो यसलाई बलियो बनाउनु सबैको जिम्मेवारी र दायित्व भएको भन्दै महोत्सबको सफलताका लागि सबैले महोत्सबको अबलोकन गर्नु पर्ने अध्यक्ष थापाले बताउनु भएको छ।

कञ्चन गाउपालिका वार्ड नं। १ का अध्यक्ष हरिनारायण थारुले भन्दा सबैले दानापुरताल कञ्चनको गरिमा भन्ने तर दानापुरको बिकासको लागि सबै मिलेर काम गरौं भन्दा सबै पछि हट्ने र कुनै जिम्मेवारी नलिने बानी परेको बताउदै अव यो दानापुर तालको पर्बद्र्धन गर्न र सबैले सबैको दानापुरताल बनाउन महोत्सवमा एक भएर लाग्नु पर्ने महोत्वपुर्ण चुनौती आएको र यो बास्तबिक परिक्षा सरह भएको बताउनु भएको छ । यस्तै वडा नं। ३का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले महोत्सवमा स्थानिय कला संस्कृति झल्किने थारु,मैथिली,मगर,गुरुङ लगायतका सांस्कृतिक प्रस्तुतिहरु समाबेस गरी ती प्रस्तुतीहरुको बिशेष दिन निर्धारण गर्न सके मेला थप आकर्षक बन्ने बताउनु भएको छ। यसैगरी वार्ड नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले महोत्सवलाई प्रचार प्रसार गर्न वडा वडामा भेला गरी सोही भेलाबाट बिभिन्न समितिहरुमा समाबेस गर्न सके बढी प्रभावकारी हुने बताउनु भएको छ।

मेला ब्यबस्थापक श्रीराज तिमिल्सिनाले महोत्सबमा बिभिन्न २०० स्टल हुने र त्यसमध्ये स्थानिय कृषि उधमीलाई विशेष प्राथमिकता दिई कृषि उधमशिलतामा प्रोत्साहन गर्नको लागि कृषि उत्पादनलाई महोत्सबमा समाबेस गरिने बताउदै राष्ट्रिय आबिस्कार केन्द्रको संयोजनमा आबिस्कार केन्द्रबाट आबिस्कार गरिएका सामग्रीहरु प्रदशनीमा राखिने र स्थानिय प्रतिभाहरुलाई समेत आबिस्कार केन्द्रमा समाहित गरिने बताउनु भएकोछ।महोत्सवलाई थप आकर्षक बनाउन कञ्चन गायन प्रतियोगिता,बिधालय स्तरिय नृत्य प्रतियोगिता,गाउपािलका स्तरिय भलिबल प्रतियोगिता,अन्तर बिधालय बाघचाल तथा बुद्धिचाल प्रतियोगिता,जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता,खोजी मौलिक खाना तथा मास्टर सेफ प्रतियोगिता तथा जोडी नृत्य प्रतियोगिता सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दैनिक प्रस्तुति हुने बयबस्थापक तिमिल्सिनाले जानकारी गराउनु भएको छ।

महोत्सवलाई ब्यबस्थित र सभ्य बनाउन श्री समयमाई सामुदायिक बन उपभोक्ता समूहका बरिष्ठा उपाध्यक्ष राजेन्द्र प्रसाद घर्तिमगरको संयोजकत्वमा आर्थिक ब्यबस्थापन उपसमिति,कञ्चन जेसिजको नेतृत्वमा अतिथि सत्कार,नेपाल रेडक्रस सोसाइटी,कञ्चन उपशाखाको नेतृत्वमा प्राथमिक उपचार,चांदनी युवा क्लवको नेतृत्वमा स्वयम सेवक परिचालन उपसमिति,गाउ शिक्षा तथा प्याब्सनको नेतृत्वमा खेलकुद उपसमिति,लाल बहादुर कार्कीको संयोकत्वमा आन्तरिक सुरक्षा उपसमिति,ओमकला थापाको संयोकत्वमा खाजा नास्ता ब्यबस्थापन उपसमिति,तारा राहादीको संयोजकत्वमा बिधुत तथा खानेपानी ब्यबस्थापन, कञ्चन गाउपालिकामम वार्ड नं। ३ कवडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेको संयोजकत्वमा अनुगमन तथा निरीक्षण उपसमिति,जसेखर्क टोल बिकास समितिका संयोजक चन्द्र बहादुर के।सी।को संयोजकत्वमा झांकी तथा जनचेतना र्याली ब्यबस्थापन उपसमिति,दुर्ग बहादु कार्कीको संयोजकत्वमा बाल उधान तथा रेखदेख उपसमिति,चापा जप्ती टोल बिकास संस्थाका संयोजक कबिराज ढकालको संयोजकत्वमा ब्यानर,प्रमाण पत्र,उपहार तथा पुरस्कार बयबस्थापन उपसमिति,निम बहादुर थापाको संयोजकत्वमा सांस्कृति कार्यक्रम ब्यबस्थापन उपसमिति र ममता श्रीसको संयोजकत्वमा सचिवालय समिति गठन गरिएको प्रचार प्रसार संयोजक दिनेश घिमिरेले बताउनु भएको छ।

श्री समयमाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष मिन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको भेलामा नेकपाका तामला गिरी,थकालीचौक टोल बिकास संस्थाका अध्यक्ष नन्द बहादुर खडकाथोकी लगायतले बोल्नु भएको थियो ।

सम्बन्धित् समाचार