गृहपृष्ठ Featured तेश्रो कञ्चन प्रतिभा सप्ताहको सम्पुर्ण तयारी पुरा,उद्धघाटन प्रदेश ५ का सामाजिक बिकास मन्त्री बरालले गर्ने

तेश्रो कञ्चन प्रतिभा सप्ताहको सम्पुर्ण तयारी पुरा,उद्धघाटन प्रदेश ५ का सामाजिक बिकास मन्त्री बरालले गर्ने

बिद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई बाहिर ल्याई उनिहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यका साथ कञ्चन गाँउपालिकाको आयोजनामा गत तिन बर्षदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताह यस बर्ष माघ २ गते अर्थात भोलीदेखि संचालन हुने भएको छ । प्रतिभा सप्ताहको उद्धघाटन गर्न प्रदेश नं. ५ का सामाजिक बिकास मन्त्री शुदर्शन बराल कञ्चन गाँउपालिकामा आउनुहुने भएको छ ।

गत ३ बर्ष देखि शुरु गरिएको प्रतिभा सप्ताहमा बिशेष गरी साहित्य र खेलकुद गरी दुई विधामा ५८ इभेन्टमा सामुदायिक र संस्थागत बिद्यालयका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा गराइनेछ । प्रतिभा सप्ताहले बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई उजार गरी बिद्यार्थीहरुमा आफुभित्र भएको प्रतिभा प्रति गौरव गर्ने र आफ्नो प्रतिभालाई अझ परिस्कृत गराउन मदत गर्ने बिश्वास गरिएको छ ।

प्रतिभा सप्ताह संचालनको लागि सम्पुर्ण तयारी पुरा भएको प्रतिभा सप्ताह संचालन समितिका संयोजक मेघनाथ शर्माले जानकारी दिनु भएको छ। संयोजक शर्माले बिगतमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा संचालन गर्दा भएका सकारात्मक पक्षहरुलाई ब्यबस्थित गर्दै बिगतमा हुने गरेका नकारात्मक पक्षलाई सुधार गरी यो बर्षको तेश्रो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई महत्वपुर्ण पर्वकै रुपमा संचालन हुने बताउनु भएको छ ।

यो प्रतिभा सप्ताह बिधार्थीहरुका लागि अवसर र बिधालयहरुका लागि आपसी सम्बन्ध र एक अर्कामा सिकाई आदान प्रदान गर्ने मञ्चको रुपमा प्रयोग हुने बताउदै संयोजक शर्माले खेलकुद र साहित्य तर्फको प्रतिस्पर्धालाई शैक्षिक महोतसव तथा पर्वलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि कञ्चनका शिक्षालयहरु संगै कञ्चनका सामाजिक अगुवा, बुद्धिजिवी, राजनैतिज्ञ, खेलकुद प्रेमी तथा बिभिन्न संघसंस्थाहरु लगायत एकसाथ जुट्न समेत प्रतिभा सप्ताह संचालन समितिका संयोजक मेघनाथ शर्माले आग्रह गर्नु भएको छ ।

प्रतिभा सप्ताहले बिद्यार्थीहरुमा आफ्नो प्रतिभा प्रस्फुटन गर्नमा प्रोत्साहन मिल्ने र यस प्रतिभालाई कञ्चनको बिशेष पर्वको रुपमा मनाइने कञ्चन गाँउपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले बताउनुभएको छ । शिक्षाको राष्ट्रिय उद्धेश्यहरु अन्तर्गत बिद्यार्थीहरुमा रहेको प्रतिभाहरुको पहिचान गरी ती प्रतिभाहरुको प्रस्फुटन गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बिभिन्न प्रतियोगिताहरुमा अव्बल प्रतिस्पर्धीको रुपमा तयार गर्नको लागि प्रतिभा सप्ताह कार्यक्रम गर्न लागिएको कञ्चन गाँउपालिका शिक्षा शाखाका प्रमुख रमेश भुषालले बताउनुभएको छ ।

प्रतिभा सप्ताहले बिद्यार्थीमा भएको आन्तरिक प्रतिभालाई कञ्चनका नेतृत्व तहले बुझ्न र देख्न पाउने सोही बमोजिम प्रोत्साहन गर्दै जाने बताउनु भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताहलाई सफलरुपमा संचालन गर्नको लागि हरैया माध्यमिक बिद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माको संयोजकत्वमा ५ सदस्यिय मुल समिति गठन गरिएको छ भने मुल समितिमा कुमारी गहतराज,लेखनाथ पौडेल,जिवराज पौडेल सदस्य रहेका छन यसैगरी शिक्षा शाखाका नारायण पौडेल सदस्य सचिव रहेका छन ।

यस्तै मुल समितिको मातहतमा समन्वय गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताहलाई ब्यवस्थित,भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि फिल्ड ब्यवस्थापन उपसमितिमा रबिन्द्र सुवेदी संयोजक,मञ्च ब्यबस्थापन उपसमितिमा लेखनाथ पौडेल संयोजक,स्वयम सेवक परिचालन उपसमितिमा टिकाराज गिरी संयोजक,अतिथि सत्कारमा रेश्मा जोसी संयोजक,पुरस्कार तथा सम्मान पत्र ब्यबस्थापनमा पिताम्बर भट्टराई संयोजक,संचार तथा प्रचारमा ईश्वरी घिमिरे संयोजक,सांस्कृतिकमा शिवकला खनाल संयोजक,¥याली ब्यबस्थापन तथा मार्च उपसमितिमा केशव प्रसाद सुबेदी संयोजक,साहित्य उपसमितिमा प्रकाश आचार्य संयोजक, खेलकुदमा भुवन कुमार गौतम संयोजक, प्राथमिक उपचारमा राम प्रसाद गौतम संयोजक र कार्यक्रम सचिवालय उपसमितिमा यमन भण्डारी संयोजक रहने १२ वटा उपसमिति समेत गठन गरिएको संचार तथा प्रचार उपसमितिका संयोजक तथा रोजगार संयोजक ईश्वरी ज्ञवालीले जानकारी दिनुभएको छ ।

प्रतियोगिता हिमालय सामुदायिक केन्द्रका् खेलमैदान कञ्चन–४,दियोमा हुनेछ भने प्रतिभा सप्ताहमा साहित्य तर्फ बत्तृmत्वकला, चित्रकला, हिज्जे, निबन्धलेखन, हस्तलेखन, कविता लेखन, हाजिरीजवाफ, बादबिबाद, हिसावदौड र नेपाली तथा अंग्रेजी बाचन गरी ११ वटा विधामा आधारभूत र माध्यमिक गरी २० इभेन्टस् र खेलकुद तर्फ १ सय, २ सय, ४सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड, रिले दौड, लङजम्प, ट्रिपल जम्प, हाइजम्प, कबड्डी, भलिबल, ज्याभलिन थ्रो लगायत बिधामा आधारभूत र माध्यमिक तहका छात्रछात्रा दुबै समूह गरी ४० भन्दा बढीमा प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित् समाचार