गृहपृष्ठ Featured शनिबारबाट मौसममा सुधार हुने

शनिबारबाट मौसममा सुधार हुने

प्रकाशित मिति:

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण दुई दिन हल्का वर्षा हुने भएको छ।बिहीबार दिउँसोदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शुक्रबारसम्म हल्का वर्षा हुने देखिए पनि शनिबारबाट मौसममा सुधार हुने महाशाखाका मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘आज र भोलि देशभर हल्का पानी पर्ने देखिएको छ,’ उनले भनिन्,‘शनिबारदेखि भने मौसममा सुधार हुनेछ।’पश्चिमी र मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।बिहीबार राति पनि मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मानन्धरले बताइन्।

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। यो दिनभर नै रहने छ । तराईमा तीन हप्तादेखि घाम लाग्न सकेको छैन । केही स्थानमा मात्र कहिलेकाहीं घाम लागेको अवस्था रहेको पनि महाशाखाले जनाएको छ ।

मध्य तथा पश्चिमी भूभाग लगायत पुर्वी पहाडी भू्भागमा सामान्य बदली रही बाँकी भू्भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी  भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडीरहिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित् समाचार