गृहपृष्ठ Featured कपिलवस्तु म्युजिक फेस्ट , माघे शक्रान्ती कन्सर्ट बुद्ध रंगशालामा सम्पन्न

कपिलवस्तु म्युजिक फेस्ट , माघे शक्रान्ती कन्सर्ट बुद्ध रंगशालामा सम्पन्न

प्रकाशित मिति:

द ब्रदर्श क्रियशनको आयोजनामा बाणगंगा बुद्ध रंगशालामा माघे शक्रान्ती कन्सर्ट बुधवार सम्पन्न भएको छ । साझ पाँच बजे बाट सुरु भएको माघे शक्रान्ती कन्सर्टमा द बल्याकसिप ब्यान्ड पोखरा ,फिचरिङ डिजे , डिजे फ्लोरा जि पोखरा ,डिजे बालेन रुपन्देहि , लगाएतका आटिर्सहरुको प्रस्तुति रहेको थियो ।

माघ १ गते अर्थात माघे शक्रान्तीको दिन कपिलवस्तु म्युजिक फेस्ट पहिलो पटक थालिएको छ । जसको सहआयोजनामा बाणगंगा वेलफेयर सोसाइटी,मुख्य प्रायोजकमा राजधानि एमुजमेन्टका अभए चैधरी , सह प्रयोजकमा ए बि सि मोवाईल एण्ड आईटिसोलुसन , बल्याकबिन क्याफे र थुप्रै संघ सस्थाहरुको सहयोग रहेको थियो ।

त्यस्तै साउन्ड पाटर्नरमा बाणगंगा लाईट एण्ड साउन्ड र फोटोग्राफि पाटर्नर फोटो रेस क्रियशन रेहको सुरज सेन ठकुरिले वैखरी अनलाइनलाई जानकारि दिए । कन्सर्ट कार्यक्रमको व्यवस्थापन सुजन क्षेत्रि , कलाकार व्यवस्थापन रिवेस गुरुङ , प्रचार प्रसार व्यवस्थापन संजय कार्कि र सुरज सेनले गरेका थिए ।

कार्यक्रममा विवेक खत्रिको अध्यक्षता ,कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमनाथ पौडेलको प्रमुख आतिथ्यता , समाजसेवि दोलकराम घिमिरे , नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाईको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन अशोक पौडेलले गरेका थिए । कार्यक्रममा हजारौको संख्यामा उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार