गृहपृष्ठ Featured समाचारको प्रभाव -कपिलवस्तु ब्रोण्ड ब्याण्ड नेटले तिर्यो छ लाख

समाचारको प्रभाव -कपिलवस्तु ब्रोण्ड ब्याण्ड नेटले तिर्यो छ लाख

नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले कपिलवस्तु ब्रोण्ड ब्याण्ड नेट प्रा .लि मार्फत क्षतिपूर्ति र जरिवाना बापत ६४११२२/- (अक्षरूपी छ लाख एकचालीस हजार एक सय बाईस रूपैयाँ ) अशुल गरेको छ l केही समय पहिले वैखरी अनलाइन मार्फत  कपिलवस्तु ब्रोड ब्याण्ड लिकंको मनपरि, बिजुली चोर्दै, राजस्व छल्दै   भन्ने शिर्षकमा समाचार प्रकाशित भए पछि नेपाल विद्युत प्राधिकरण तौलिहवाले चासोका साथ छानबिन र फिल्ड भिजिट गरेको थियो l

प्राधिकरणले छानबिन गर्ने क्रममा कपिलवस्तु ब्रोण्ड ब्याण्ड नेट प्रा . लि ले आफ्ना विद्युतीय सामाग्रीहरू हुकिङ गरि विद्युत चोरी गर्दै आएको र राजश्व ठगी गरेको प्रमाणित भए पछि २०७६/०९/२९ गते वितरण केन्द्र तौलिहवाले कपिलवस्तु ब्रोण्ड ब्याण्ड नेट प्रा लि लाई ‘हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम मुल्यांकन ‘ सम्बन्धि पत्र काटेको थियो ।

वैखरी अनलाइन मार्फत केही समय पहिले प्रकाशित समाचार

२१० पावर पोइन्टद्धारा कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले बिद्युत चोर्दै राजश्व छल्दै  

 

 

सम्बन्धित् समाचार