
नवलपरासीको सरावल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मीलाई सम्मान तथा बिदाई गरिएको छ।
स्थानीय तह स्थापना भएदेखि सरावल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा रहदै अाउनुभएका झबिश्वर रेग्मीलाई हाल सम्म प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेर गरेकाे कार्यहरुको उच्च मुल्यांकन गर्दै मायाको चिनो तथा खादा ओढाएर ५१ हजार १ सय ११ रुपैयाँ सहित सम्मान तथा बिदाई गरिएको हाे।
सम्मान तथा बिदाई कार्यक्रममा शुभकामना दिदैं सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा झबिश्वर रेग्मी आएपछि गाउँकार्यपालिकाले गरेको निर्णयलाई कार्यन्वयन गर्न महत्वपूर्ण भुमिका निर्बाह गरेको पालिका तथा कार्यसम्पादनमा महत्वपूर्ण भुमिका निबार्ह गर्दै पालिकालाई नमुना बनाउन महत्वपूर्ण भुमिका निर्बाह गर्नु भयो । निकै ईमान्दार, कर्मठ तथा मिहेनेती प्रशासकिय अधिकृत झबिश्वर रेग्मीले आफ्नो कार्यकालमा इमान्दारीपुर्वक र मिहनेतसाँथ काम गरेको बताउदै वहाँलाई दिइएको ५१ हजार १ सय ११ रुपैयाँ गाउँपालिकाको छात्रवृत्ति कोषमा जम्मा गरि महान कार्य गरी अतुलनिय योगदान दिनु भएकोमा सम्पूर्ण गाउँकार्यपालिका , गाउँसभा र सरावल गाउँवासीको तर्फबाट हार्दिक अाभार प्रकट गर्दै पदीय मर्यादालाई ख्याल गर्दै आफ्नो क्षमताले भ्याएसम्मको सेवा प्रदान गर्नुभएकोमा धन्यवाद दिँदै भावी जीवन अझ सुखमय र उपलब्धीले भरियोस भनि शुभकामना ब्यक्त गर्नुभएको थियाे।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले रेग्मीको सरुवाले परिवारबाट सदस्य छुटे जस्तै अनुभव भएको बताउदै गाउँपालिका एैतिहासि कामगरेकोमा प्रसंसा गर्नु भयो ।प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई गर्दा अत्यन्तै दुख लागेको उपाध्यक्ष रायले भाबुक हुदै भन्नु भयो । ‘कसरी बिदाई भनौ साह्रै गाह्रो भयो । पालिकालाई कसरी राम्रो बनाउने भन्ने सोचनु भयो उहाँलाई सफलताको शुभकामना ।
कार्यक्रममा बिदाई गरिएका कार्यकारी अधिकृत रेग्मीले गाउँपालिका वासीको सहयोगको प्रशंसा गरेका थिए ।सबै गाउँपालिका वासीलाई आफनै परिवारको सदस्य मानि कामगर्दा बिशेष वहाँ बिपन्न परिवार,पछाडि परेका समुदायलाई बढि ध्यानमा राखे ।आफु जहाँ गएपनि नागरिकको हितमा काम गर्ने भएकाले सम्पुर्ण जनप्रतिनिधी, राजनितिक दल, संचारकर्मी, कर्मचारी स्थानिय लगायतको ठुलो सहयोग पाएको उहाँले बताउनुभयो । सबैलाई सम्मान ब्यवहार गर्ने रेग्मीले बिछोडमा भावुक हुदै सरावल गाउँपालिकाका बिद्यार्थीलाई पठन पाठनमा सजिलो हाेस भनी अार्थिक अवस्था कम्जोर तथा बिपन्न बिद्यार्थीका लागि ५१ हजार १ सय ११ रुपैयाँ छात्रवृत्ति काेषमा राख्नकाे लागि हस्तान्तरण गर्दै गाउँबासीले दिइएको माया र ममताकाे सम्मान गर्दै धन्यवाद दिनुभएको हाे।
साे कार्यक्रममा गरिब जेहन्दार बिद्यार्थीलाई पठनपाठन तथा उच्च शिक्षा हाशिल गर्नकाे लागि छात्रवृत्ति काेष स्थापना पनि गरिएको हाे।
छात्रवृत्ति काेषमा सम्पूर्ण कार्यपालिका सदस्य एक महिनाकाे सेवा सुबिधा साे काेषमा राख्ने निर्णय गर्नुभएको छ। साथै करार कर्मचारी बिमा गर्ने निर्णय पनि गरिएको हाे।
सम्मान तथा बिदाई कार्यक्रममा वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्ष तथा कार्यपालिका पदाधिकारीहरुको सहभागीता रहेको थियाे।








