गृहपृष्ठ Featured बाणगंगाको जिनुवामा दिउसै लुटतन्त्र । तोकेभन्दा दोब्बर पैसा असुली । नगरपालिका मौन ।

बाणगंगाको जिनुवामा दिउसै लुटतन्त्र । तोकेभन्दा दोब्बर पैसा असुली । नगरपालिका मौन ।

प्रकाशित मिति:

बाणगंगा नगरपालिकाको नदी जन्य पदार्थको ठेक्का पाएको धमनी देउराली निमार्ण सेवा प्रा.लि.ले रोयल्टीमा अनियमितता गरको पाईएको छ ।

बाणगंगा नगरपालिका वडा न. ९को पुर्वी जिनुवाको कोइलि खोला नाका बाट निस्कने प्रत्येक गाडि बाट अवैध रुपमा रोयल्टी रकम उठाउदै आएको कुरा बाहिरीएको हो ।

ठेकेदारले रु ६७८ को रसिद दिदै रु १६०० रुपैया असुल्दै आएका छन । ठेक्केदारले बाणगंगा नगरपालिकाको नियम विपरित गएर एक टिपमा करिब १००० रुपैयां बढि असुल्दै आईरहेता पनि यसमा नगरपालिकाले कुनै चासो देखाएको थिएन ।

ट्याक्टर धनि हरुले नेपाल किसान ट्याक्टर समिती समंक्ष निवेदन दिएपछि समितीले नगरपालिकामा निवेदन दिएको हो । नगरपालिकाले सोहि निवेदन पश्चात कडाईका साथ अनुगमन गर्ने भएको छ ।

नदी जन्य पदार्थमा बारम्बार यस्ता अवैधकाम हरु हुदै आएमा नगरपालिकाले ठेक्का समेत रोक लगाउने जनाएको छ । सम्बन्धीत निकायलाई जानाकारि गराउदा पनि वास्ता नगरेपछि ट्याक्टर व्यवसायीहरु वैखरी अनलाइनलाई गुनासो गर्दै सम्पादक डेक्स सम्म आईपुगेका छन । आवश्यक सम्पुर्ण प्रमाण वैखरी अनलाइनको सम्पादक डेक्समा सुरक्षित छ ।

सम्बन्धित् समाचार