गृहपृष्ठ Featured नवप्रभात सामुदायिक वन अधिवेशन बिथोल्नुमा निर्वाचन मण्डलनै दोषि : मरासिनि

नवप्रभात सामुदायिक वन अधिवेशन बिथोल्नुमा निर्वाचन मण्डलनै दोषि : मरासिनि

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा नम्बर ८मा रहेको नवप्रभात सामुदायिक वन उपभोक्ता समूह टोल नम्बर ३ को निर्वाचन रद्द भएको छ । निर्वाचन रद्द हुनुमा निर्वाचन मण्डलका सदस्यहरुलेनै खेल खेलेको सन्तोष मरासिनिले बताएका छन ।

अन्तीम नामावलि प्रकाशन भएपछि उमेद्वार दावि बिरोधको लागि ३ बजेदेखि ३ ः१५ सम्म दावी विरोध गर्न पाइने नियमसँगै दावि बिरोध गर्दा कारण खुलाई प्रमाण सहित पेश गर्नुपर्ने नियम आचार संहितामा उल्लेख गरिएको छ ।

सोहि समयमै ३ः१० मा प्रतिद्धन्द्धी सन्तबहादुर पौडेलले सन्तोष मरासिनी माथि फौजदारी अभियोग रहेको लिखित दावी विरोध पेश त गरे तर त्यसमा कुनै प्रमाण नभएका कारण त्यस्तो निवेदन मात्र बुझ्ने निर्वाचन मण्डलनै दोषि भएको सन्तोष मरासिनिले बताए ।

सामुदायिक वनका टोल समूहहरु मध्येबाट १ जना महिला अनिवार्य सहित २ जना सामुदायिक वनको मूल कार्य समितिमा हुनै पर्ने प्रावधान रहेको छ । सोहि अनुसार नवप्रभात सामुदायिक वन उपभोक्ता समूहका ५ वटा टोलहरु मध्य टोल नम्बर ३ मा महिला र पुरुष २ ।२ जनाको उमेद्वारी परेपछि चुनावी प्रक्रिया अगाडी बढेको थियो ।

ईश्वरी प्रसाद न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय समिति रहेको निर्वाचन मण्डल समक्ष माघ १ गते सन्तोष मरासिनी, सन्तबहादुर पौडेल, शान्ता ढुङगाना र नमकला ढकालको दिउसो २ बजेसम्ममा मनोनयन दर्ता भएको थियो । वि.सं. २०७५ सालको फागुनमै अधिवेशन हुनुपर्ने भएता पनि उचित विधान नभएका कारण सामुदायिक वनको अधिवेशन हुन सकेको थिएन । जिल्ला वन कार्यालयबाट विधान स्वीकृत गरे पश्चात टोल टोलमा मनोनयन दर्ता सुरु भएको हो ।

सम्बन्धित् समाचार