गृहपृष्ठ Featured जल  पंक्षी गणना कार्यक्रम सम्पन्न ।

जल  पंक्षी गणना कार्यक्रम सम्पन्न ।

प्रकाशित मिति:

हरेक बर्ष गर्ने जल  पंक्षीहरुको गणना यस बर्ष पनि नेपाल पंक्षी संरक्षण संघले नेपाल अधिराज्य भरिको जल पंक्षीहरुको गणना कार्य सम्पन्न गरेको छ। प्रत्येक वर्ष उत्तरी ध्रुबमा जाडो समयमा हिमपात बढे सँगै अनुकुल मौसम, सुरक्षित बाँसस्थान र आहाराको खोजीमा उत्तरी मूलकहरु रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजान,चीन, मङ्गगोलिया, यूरोप, कोरिया, तथा तिब्वत क्षेत्रहरुबाट नेपालमा आउने जल पन्छीहरुको गणना गर्ने कार्य संघले सम्पन्न गरेको हो।

नेपालमा पाईने ८ सय ८६ प्रजातिका चराहरु मध्ये २ सय प्रजातिका चराहरु जल पन्छी समूह भित्र पर्ने जल पन्छीको विवरण र अवस्था पहिचान गर्न, संख्याको अध्यावधिक गर्न र स्थानिय तथा सरोकारवाला निकायहरु विच चेतना अभिबृद्धि गरी ती जल पन्छीको संरक्षण गर्नका लागि प्रत्येक वर्ष जल पन्छी गणना गर्ने गरिन्छ ।

ई.स. १९८७ देखि वर्षेनी जल चरा गणना कार्यक्रम विश्वब्यापी रुपमा गरिदै आएको छ  । यस वर्ष जनवरी ४ देखि १९ जनवरी २०२० सम्म विश्वब्यापी रुपमा पानीमा आर्शित चराहरुको गणना कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल पंन्छी संरक्षण संघको अगुवाईमा र स्थानिय साझेदार संस्था, संरक्षण कर्मी, पत्रकार र स्थानीय समुदायको सक्रियतामा विभिन्न चेतनामूलक कार्यक्रम गरी र सिमसार, तालतलैया, खोलानाला, पोखरी, नदी, कुण्ड आदीमा गई जल पंन्छी गणना गर्ने कार्यक्रम गरिएको हो ।

दाङ्गजिल्लाको महत्वपूर्ण चराको बाँसस्थान क्षेत्र मानिने राप्ती नदी,  कोइलाबास जैविकमार्ग, बाँकेको कम्दी जैविक  मार्ग, कुसुम क्षेत्र, अर्गैया क्षेत्र, दाङ्गजिल्लाको चरङ्गेताल, कपिलबस्तुको जागदिशपुर ताल, रुपन्देही जिल्लाको गैडाताल, कञ्चन गजेडीताल आदी क्षेत्रमा पनि वार्षिक जल पन्छी गणना गरिएको नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत श्री भूपाल नेपालीले जानकारी दिनुभएको छ । जाडो समयमा नेपालमा के कति संख्यामा जल पंक्षी छन भन्ने तथ्यांक प्रकाशन गर्न केही समय लाग्ने र जिपिएसको माध्यमाबाट गणना गरिएकोले उक्त तथ्यांक निकाल्न धेरै समय नलाग्ने परियोजन अधिककृत नेपाली बताउनु भएको छ ।

सम्बन्धित् समाचार