गृहपृष्ठ Featured नगर बैठकमा ‘वडाहरूमा स्वास्थ्य केन्द्र स्थापना देखी विद्यालयहरूमा भवन निर्माण सम्मका निर्णय ‘

नगर बैठकमा ‘वडाहरूमा स्वास्थ्य केन्द्र स्थापना देखी विद्यालयहरूमा भवन निर्माण सम्मका निर्णय ‘

माघ ५, कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरभित्रका विभिन्न वडाहरुमा स्वस्थ्य केन्द्र स्थापनाको लागि पहल थालेको छ । कार्यपालिकाको आज बसेको नियमित बैठकबाट नगरभित्रका ४ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना बनाउने निर्णय गरिएको नगर प्रवक्ता विष्णु पौडेलले बताउनुभयो ।

अब नगरपालिकाको वडा नम्बर १, ३, ६ र ७ मा आधारभूत स्वस्थ्य केन्द्र बन्ने भएका हुन । त्यस्तै सम्पन्न कार्यपालिका बैठकले नगरपालिका भित्रका ७ वडा विद्यालयहरुलाई २ कोठे भवन निर्माणका लागि बजेट समेत बाँडफाँड गरेको छ । प्रति विद्यालय १६ लाखको लागतमा सो भवन निर्माणका लागि बजेट विनियोजन भएको नगरपालिकाले जनाएको छ ।रकम पाउने विद्यालयहरुमा

वडा नं. ९ को राम आधारभूत विद्यालय पडरिया,

वडा नं. ७ को जनज्योती मावि मोतिपुर,

वडा नं. ५ को मावि झण्डा,

वडा नं. ६ को लक्ष्मणघाट मावि,

वडा नं. ८ को सूर्योदय आधारभूत विद्यालय चप्परगाउँ,

वडा नं. ४ को वाणगंगा मावि गजेहडा,

वडा नं. १० नेपाल राष्ट्रिय आधारभूत विदालय अहिरैली रहेको नगर प्रबक्ता पौडेलले बताउनुभयो ।

यसैगरी नगर कार्यपालिका बैठकले वडा नं. ९ को शुद्धोधन जनजीवन मावि जिनुवा र वाणगंगा मावि लौगाईलाई ७/७ लाखका दरले शौचालय निर्माणका लागि बजेट दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

कार्यपालिकाको निर्णय अनुसार चालु वर्षमै सक्ने गरी सो बजेट प्रदान गरिने भएको छ । सम्पन्न बैठकमा नगर प्रमूख मंगल प्रसाद थारुको अध्यक्षतामा उप प्रमुख चक्रापाणी अर्याल, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमूख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार