गृहपृष्ठ Featured राष्ट्रिय जनमुक्ती पार्टीले आफ्नो २९ औं स्थापना दिवस भव्यताका साथ मनायो

राष्ट्रिय जनमुक्ती पार्टीले आफ्नो २९ औं स्थापना दिवस भव्यताका साथ मनायो

प्रकाशित मिति:

राष्ट्रिय जनमुक्ती पार्टीले आफनो २९ औ स्थापना दिवस सोमबार कपिलबस्तुमा पनि भव्यताका साथ मनाएको छ । “सबै खाले विभेदको अन्त्य र पुर्ण संघियताको सुनिश्चिता भ्रष्टचार मुक्त समृद्ध नेपालको निमार्ण हाम्रो प्रतिबद्धता ”भन्ने मुल नाराका साथ स्थापना दिवस मनाएको हो ।

पार्टी कार्यालय ४ नं. जितपुरमा मनाएको स्थापना दिवसमा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य उत्तम आले मगरले प्रमुख अतिथीको आसनबाट बोल्दै वर्तमान सरकार जनमुक्ति पार्टी विचारधारालाई अंगाल्दै अगाडी बढेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाले गरिब, निमुखा तथा उत्पिडनमा परेका वर्गहरुको हकहितका लागि पार्टीले सधै आवाज उठाउदै आएको दाबी गर्नु भयो । उहाले देश विकासमा युवाको भुमिका महत्पुर्ण रहने बताउदै युवालाई विदेश पलायन हुनबाट रोक्न सरकारले स्वरोजगारका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा पार्टीका प्रदेश ५ का उपाध्यक्ष तथा कपिलबस्तुका जिल्ला इन्चार्ज हरिऔम वि.क.ले बोल्दै बर्तमान सरकारको पालामा कालोबजारी, भ्रष्टचार, हत्या हिंसा मौलाउदै गाएको आरोप लगाउनु भयो ।

कार्यक्रममा प्रदेश सचिव तथा रुपन्देही जिल्ला इन्चार्ज चित्र प्रसाद गुरुङ, जनमुक्ती युवा महासघंका केन्द्रिय सचिव बसु राना, पुर्व सैनिक संगठनका केन्द्रिय उपाध्यक्ष अम्मर बहादृुर थापा लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रम जनमुक्ती पार्टीका जिल्ला अध्यक्ष घन बहादुर मिदुनको अध्यक्षता, महिला मोर्चाकी जिल्ला सचिव दुर्गा झेडीको स्वागत मन्तव्य, पार्टीका सहसचिव जमान सिंह सिंजालीको संचालनमा सम्पन्न भएको हो

सम्बन्धित् समाचार