गृहपृष्ठ Featured वाणगंगा ८ मा सुरु भयो तिसरा वडा स्तरीय माघी (खिचडी) महोत्सव

वाणगंगा ८ मा सुरु भयो तिसरा वडा स्तरीय माघी (खिचडी) महोत्सव

नेपाली कला र संस्कृतिको रक्षाका लागि माघि पर्वले विशेष भुमिका खेलेको प्रदेश सासंद विष्ष्णु पन्थीले बताएका छन् ।तिसरा वडा स्तरीय माघी (खिचडी) महोत्सव अउर नव वर्ष २०७६ को अवसरमा थारु संस्कृति संरक्षण तथा संवर्धन सभा वाणगंगा नगरपालिका वडा नम्बर ८ द्धारा आयोजित कार्यक्रममा पाँच नम्बर प्रदेश सभा सदस्य पन्थीले आदिवासी थारु तथा मगर गुरुङ लगाएतका जनजातिहरुको उत्थान र विकासका लागि माघी पर्व एक ऐतिहासिक पर्व बनिरहेको पनि बताए ।

उनले पाँच नम्बर प्रदेश एक थारु समुदायको बाहुल्य प्रदेश र जनजातिहरुको उल्लेख्य जनसंख्या सहितको प्रदेश भएका कारण पनि प्रदेश सरकारका तर्फबाट अफूले हरेक सहयोगका लागि प्रयाश गरिरहेको बताए ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुसालले वडा भित्रका सबै समुदाय र जातजातिहरको संरक्षण, विकास र उनीहरुको कला संस्कृतिहरुको प्रर्वदनका लागि वडाले समेत विशेष ध्यान केन्द्रित गरिएको बताए । लगातार तीन वर्ष सम्म वडामा माघी महोत्सव आयोजना गर्दा यहाँको कला र संस्कृति सँगै सबै जातजातिहरुका बिचमा आपसी भाईचारा र सह सम्बन्धको समेत विकास भएको उनको भनाई थियो ।

आदिवासी जनजाती महासंघ वडा समन्वय परिषद वडा नम्बर ८ को संयोजन तथा वाणगंगा नगरपाकिला वडा नम्बर ८ र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाको सहयोगमा आयाजित महोत्सवमा थारु झुमरा, झर्रा, लाठी नाच, सजनी÷विरहनी, थारु रेकर्ड डान्स, मगर कौडा, सालेजो, सोरठी,तामाङ सेलो लगताएका सासंकृतिक नृत्यहरु सँगै विभिन्न जातजातिका खानका परिकार तथा भेषभुषाहरुको समेत प्रर्दशनी गरिएको थियो ।

आज देखि सुरु भएको महोत्सव भोली पनि संचालन हुने आयोजकले जनाएको छ । आज प्रदेश सभा सदस्य विष्णु पन्थीले उद्घाटन गरेका थिए । कार्यक्रममा थारु कल्याणकारीणि सभा केन्द्रिय सदस्य जन्जिर प्रसाद थारु, पूर्व केन्द्रिय सदस्य भोजराज थारु, नेपाल मगर महिला संघ केन्द्रिय सदस्य लक्ष्मी शारु, जिल्ला समन्वय समिति कपिलवस्तुकी उप प्रमूख तारावती चौधरी, लगाएत विभिन्न राजनैतिक दलका नेता तथा कार्यक्रताहरु, समाजसेवी, विद्यालयका शिक्षक शिक्षिका लगाएतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित् समाचार