गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा चार जना लागु औषध सहित पक्राउ

कपिलवस्तुको बाणगंगामा चार जना लागु औषध सहित पक्राउ

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा २० ग्राम ३४० मिली ग्राम लागु अ‍ैषध सहित चार जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यलय पिपराका प्रहरि निरीक्षक आयुष जोसिको नेतृत्वमा खटिएको टोलिले बाणगंगा वडा न. ४ दरखास्त बाट चार जना लाई पक्रिएको हो । उक्त टोलिले विशेष सुराकिको आधारमा वडा न. ४ दरखास्त बस्ने बिष्णु सेनको घरमा खनतलासि गर्दा लागु पदार्थ प्याकिङ गर्दै गरेको अवस्थामा फेला परिएको थियो ।

पक्राउ पर्नेमा दरखास्त बस्ने कमल सेन ,दिपक सेन ,पुण प्रसाद चैधरी र वडा न. ८ चप्परगाँउ बस्ने दामोदर घिमिरे लाई प्रहरी नियन्त्रणमा लिएको हो । टोलिले वरामद गरेको लागु औषध स्थानीय जनप्रतिनिधीको रोहबरमा मुजुल्का उठाई नियन्त्रणमा राखिएको हो । पक्राउपरेका चारै जनालाई लागु पदार्थ ओसार पसार बिरुद्ध मुद्धा चलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित् समाचार