कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ मा आज उपभोक्ता भेला तथा सरोकारवालाका विचमा सचेत कार्यक्रम सम्पन्न गरिएको छ । वडा नम्बर ११ सँगको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय कपिलवस्तुको आयोजनामा संचालन गरिएको कार्यक्रममा वडा अध्यक्ष सोमनाथ अर्यालले उपभोक्ताको स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न नहुने भन्दै सम्बन्धित सबैको जागरुकता अवास्यक रहेको बताए । उनले हरेका खाद्यवस्तुको विक्रिमा विक्रेताले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखि विक्रिवितरण गर्नुपर्ने बताउनुभयो । नेपालको संविधानमा पनि उपभोक्ताको हितमा कानुन बनेको भन्दै उहाँले लेख्न, पढ्ने, लगाएतका विषय जस्तै स्वास्थ्यको सवालमा पनि स्पष्ट अवधारण बनेका कारण मानव स्वास्थ्य माथि कसैले पनि गलत गर्न नहुने उनले भनाई थियो ।
सचेतना कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय कपिलवस्तुका प्रमुख बिजय पराजुलीको अध्यक्षता तथा वडा अध्यक्ष अर्यालको प्रमूख आतिथ्यता रहेको थियो । त्यस्तै डिभिजन कार्यलय भैरहवाका प्रमुख भरत दाहालको विशिष्ठ आतिथ्यता तथा वडा नम्बर ११ का वडा सदस्यहरुको आतिथ्यता रहेको कार्यक्रममा वडा भित्रका ६० जना सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । होटल व्यवसायी, किराना पसल संचालक तथा मासु पसल ब्यवसायीहरुको सहभागीतामा खास गरी उपभोक्ताले खरिद गर्ने कुनै पनि सामानहरु गुणस्तरीय तथा बिषाधी रहित र राज्यद्धारा तोकिएकै मुल्यसुचीमा सफा र शुद्द हुनु पर्नेमा उपभोक्ता र व्यवासयीहरुलाई सचेत पारिएको छ ।