सिमसारको संरक्षण उधमशिलता र पर्य(पर्यटनको प्रबद्धनू भन्ने अभियानका साथ यही माघ १५ गते देखि २६ गते सम्म संचालन हुने ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सब(२०७६ लाई ब्यबस्थित र भब्य रुपमा सफल पार्नको लागि कञ्चनका विभिन्न वडाहरुमा विभिन्न संघसस्था तथा बुद्धिजबी र समाजसेबीहरु बिच अन्यरकृयात्मक भेला गरिएकोछ।
श्री समयमाई सामुदायिक बन उपभोक्ता समूह,कञ्चन(१ गजेडी,रुपन्देहीको आयोजनामा हुने महोत्सबको प्रचारात्मक आज कञ्चनको वार्ड नं। ४ र ५ मा गरिएको अन्तरकृयात्मक भेलामा उपस्थित संघसंस्थाका प्रतिनीधि,समाजसेबी र बुद्दिजिबीहरुले महोत्सबलाई सफल पार्न आवस्यक सहयोग र टोल टोलमा व्यापक प्रचार प्रसार गर्ने बताएका थिए।अन्तरकृयात्मक भेलालाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वार्ड नं।५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले गजेडी दानापुरताल कञ्चनको मात्र नभई रुपन्देही जिल्लाकै महत्वपुर्ण पर्यटकिय स्थल र पर्याबरणिय हिसाबले सिमसारयुक्त ताल भएकोले दानापुरतालको पर्यटन पर्बद्धनका लागि कञ्चनबासी एक भएर महोत्सवलाई सफल बनाउनु पर्ने बताउनु भएकोछ। वडा अध्यक्ष अधिकारीले कञ्चनलाई प्रयटकिय क्षेत्र बनाउनको लागि कञ्चनको घना जंगल,मठमन्दिर र तालतलैयाहरुको उचित ढंगले संरक्षण र सम्बर्द्धन गर्नु पर्ने कञ्चन गजेडी दानापुरतालमा लाग्ने महोत्सबले ती क्षेत्रहरुको प्रचारमा टेवा पुग्ने बताउनु भएकोछ।
यसैगरी कञ्चन गाउपालिका वार्ड नं।४ का कार्यबाहक अध्यक्ष केशर बहादुर खत्रीले कञ्चनको समृद्धिलाई कञ्चन गजेडी दानापुरताल महोत्सवले टेवा पुर्याउने र महोत्सवको सफलताको लागि सबैले आ आफ्नो ठाउबाट सहयोग गर्नु पर्ने बताउनु भएकोछ।
समुहका अध्यक्ष मीन बहादुर थपाले माघ १५गते देखि हुने महोत्सबलाई कञ्चनबासीले आफ्नो गरिमाको रुपमा लिएर पर्यापर्यटन प्रबर्द्धनमा एक जुट भई गाउगाउमा प्रचार गरि महोत्सबलाई सफल बनाउन आग्रह गर्दै बिगतमा संचालन गरिएको महोत्सब भन्दा फरक ढंगले संचालन हुन लागेको महोत्सबबाट संकलित प्रबेश शुल्कबाट प्राप्त हुने आम्दानीको ५ रुपैया बन्यजन्तु संरक्षण,आबिस्कार केन्द्र,उधमशिलता,कञ्चनका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरिने बताउनु भएकोछ। अध्यक्ष थापाले बिधार्थीहरुको सृजनात्मक कला र प्रतिभाहरुको प्रदशनी समेत गरिने र राष्ट्रिय आबिस्कार केन्द्रका महाबिर पुनसंगको सात्क्षात्कार हुने समेत बताउदै होमस्टे संचालन गर्न ईच्छुक ब्यबसायीहरुका लागि मास्टर सेफ प्रतियोगिताको आयोजना गरिएको बताउनु भएकोछ।
यस्तै समुहका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद घर्ति मगरले महोत्सबलाई आकर्षक बनाउन अन्तरबिधालय नृत्य तथा गायन प्रतियोगिता,जिल्ला स्तरिय ब्याड मिन्टन प्रतियोगिता,परम्परागत बाघ चाल तथा बुद्धिचाल प्रतियोगिता र गाउपालिका स्तरिय भलिबल प्रतियोगिता लगायत विभिन्न प्रतियोगिताहरु संचालन गरिने बताउनु भएकोछ।महोत्सबको पहिलो दिन वडाको टोल टोलाट विभिन्न संघसस्थाहरुले आ(आफ्नो ब्यानरमा सांस्कृतिक झांकी सहित र्यालीमा सहभागी हुनको बरिष्ठ उपाध्यक्ष घर्ति मगरले आग्रह गर्नु भएकोछ।
वडास्तरिय अन्तरकृयात्मक भेलामा संचारकर्मीहरु अरुण दर्लामी र सुरज थापा मगरले सहजिकरण गर्नु भएको थियो।यसभन्दा अघि कञ्चनको वडा नं१ र २ मा समेत अन्तरकृयात्मक भेला गरिएको थियो भने सर्बदलिय अन्तरकृयात्मक कार्यक्रम गरिएको थियो।
महोत्सबमा जनगायक जीवन शर्मा,बाल गायिका कमला घिमिरे,ईन्द्रेणी टिम,पशुपति शर्मा,हेमन्त शर्मा,प्रमोद खरेल,सम्झना भण्डारी लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांगेतिक प्रस्तुती हुने महोत्सब सचिवालय संयोजक जगिलाल थापाले बताउनु भएकोछ।
सिमसार दिवसको अवसरमा संचालन गरिएको महोत्सवमा रुपन्देही जिल्ला र जिल्ला बाहिरका सामुदायिक बन तथा साझेदारी बन ब्यबस्थापन समूह र डिभिजन बन कार्लयबाट पनि अबलोकन गर्न आउने र महोत्सब अवधीभर करिब ५० हजार दर्शकले महोत्सब अवलोकन गर्ने र ५० लाख कारोबार हुने आयोजकले जनाएकोछ।