गृहपृष्ठ Featured हात्तीपाईले रोगमुक्त वाणगंगानगर बनाउन अभियान सुरु हुदैँ

हात्तीपाईले रोगमुक्त वाणगंगानगर बनाउन अभियान सुरु हुदैँ

प्रकाशित मिति:
 हात्तीपाईले रोगमुक्त नगर बनाउनका लागि वाणगंगा नगरपालिकाले आगामी माघ २५ गते देखि बाह्रौ पटक हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सुचारु गर्ने भएको छ । विगत ११ बर्षयता हाती पाईले विरुद्ध अभियान चलाईरहेपनि अभियान सफल हुननसकेको सरोकारवालाको भनाई रहेको छ ।हात्ती पाईले जस्ता रोगहरु न्युनिकरण हुन नसके समृद्ध नगर सुखि नगरवासीको परिकल्पना असफल रहने प्रदेश नं। ५ सासंद बिष्णु पन्थिको भनाई रहेको छ ।
नगरले भौतिक पुर्वाधारलाई मात्रै प्राथमिकतामा राखेर नगरको विकास नहुने पन्थिको भनाई रहेको छ । वाणगंगा नगरपालीका स्वास्थ्य शाखाले आयोजना गरेको हात्ती पाईले रोग निवारण तथा नगर स्तरिय योजना तर्जुमा , अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सासंद पन्थिले यस्तो बताउनुभएको हो ।उहाँले ५ दिनसम्म सञ्चालन हुने उक्त अभियानमा आफुले प्रत्यक्ष रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थिले अभियानलाई प्रभावकारी बनाउन नगर साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । अबको अभियानलाई सफल तुल्याई अर्को आर्थिक बर्षमा सफलताको खुसियाली बाढ्न,सबैले आ आफनो स्थानबाट लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा उहाँले भन्नुभयो ,जनमानसमा जुन नकरात्मक प्रचार छ , औषधि सेवन गरेपछि देखिने समस्याको बारे जुन गलत प्रचार छ त्यसलाई न्युनिकरण गर्न , र जनतालाई सचेत बनाउन सञ्चार माध्यमले विचार गर्नुपर्छ । प्रत्यक्ष्ँ रुपमा अभियानमा हातेमालो गरेर हिडनु पर्छ ।
कार्यक्रममा स्वागत गर्दै स्वास्थ्य शाखाका ठगराज पौडेलले गत बर्ष अभियान प्रभावकारी नभएको भन्दै यस बर्ष स्वयंसेविका, स्वास्थ्यक्रमिको टोली घरघरमा गएर औषधी सेवन गराउने बताउनुभएको छ । अभियानमा १११ जना स्वंयमसेविकाले प्रत्यक्ष ,७० देखि ८० जना स्वास्थ्यक्रमिले अप्रत्यक्ष रुपमा अभियानमा साथ दिने बताउनुभएको छ । ६ औँ पटकमा निवारण हुनुपर्ने रोग ११ औँ पटकसम्म अभियान सञ्चालन गर्दा पनी असफल भएको र यसमा आम शिक्षित नागरिकको बढि भुमिका रहेको पौडेलले बताउनुभयो ।
समग्र नगरको उदाहरण दिदै उहाँले भन्नुभयो ,शिक्षित र सचेत व्यक्तिले नै औषधि प्रति शकां व्यक्त गर्नुहुन्छ जस्ले गर्दा अभियान र खर्च सबै डुबेको छ उहाँले भन्नुभयो । सामाजिक विकास संयोजक भिष्मराज भुषालको अध्यक्षता र भक्तिराम पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा वाणगंगा नगरपालीका १० वटै वडाका वडा अध्यक्ष , स्वास्थ्यक्रमि , पत्रकार ,स्वंयमसेविका लगायतको उपस्थिति रहेको थियो । जसमा हात्ती पाईले रोग लाग्नुका कारण , बच्ने उपाय , वर्तमान अवस्था, मापन प्रक्रिया , उपचार , औषधिको महत्व लगायतका विषयमा अन्र्तक्रिया समेत गरिएको थियो भने । अभियानलाई सफल बनाउन योजना तर्जुमा समेत गरिएको छ ।

सम्बन्धित् समाचार