गृहपृष्ठ Featured कालिका आधारभुत विद्यालयमा बस सेवा

कालिका आधारभुत विद्यालयमा बस सेवा

प्रकाशित मिति:

शिक्षामा गरिएको लगानीले राम्रो प्रतिफल दिन्छ ।’ यो भनाई हो । बेन्जामिन फ्राङकलिनको । बुधबार बिहान बाक्लो कुहिरो सँगै मधुर धाम लागेको थियो । चिसो कायमै थियो । चिसोमा खुसीका हर्षहरु थपिदैँ थिए ।
बालबालिका चारैतिरबाट बस सुमसुमाउँदै थिए । बसको रङ गाढा पहेलो । स्थानिय– ‘आज त बसकै महत्व छ । बसतिरै फर्को भन्दै बेन्चमा बस्दै थिए ।’ पण्डितले उपस्थित सबैलाई रातो अक्षताको टिका लगाउँदै थिए । अतिथि र स्थानियमा भन्दा स – साना बालबालिकाहरुको मुहार हसिलो देखिन्थ्यो । पहिले पहिले बुवा आमाहरुले बर्षमा एकपटक दशैमा नयाँ लुगा किनेर लगाउन पाएजस्तो । यो खुसीको प्रमुख कारण थियो । सैनामैना २ उचडिहवा स्थित श्री कालिका आधारभुत विद्यालयमा नयाँ बस सेवाको औपचारिक उद्घाटन ।

नगरमा आधारभुत विद्यालय मध्ये पहिलो पटक बस सन्चालनमा ल्याउने विद्यालय कालिका नै बन्यो । बि.स २०४८ साल पौष महिनाको ५ गते कालिका विद्यालयमा विधिवत् रुपमा कक्षा ५ सम्मको पठनपाठन सुरु भयो । करिब १ बियाँ ऐलानी जग्गा विद्यालयको छ । विद्यार्थीको मागलाई मध्यनजर गर्दै २०६३ सालमा निम्न माध्यमिक तह सम्म थपियो । सोेही क्रममा विद्यार्थीको संख्या न्युन हुन थाल्यो । अभिभावक र विद्यार्थीको रोजाई अन्य मंहगा विद्यालय हुन थाले । विद्यार्थीको सख्या बढाउन विद्यालयले विभिन्न सुविधाहरु उपलब्ध गराउने तर्फ सक्रिय भयोे ।

े२०७३ सालमा विद्यालयको सैनामैना ३ मुर्गिया निवासी कृष्ण बहादुर कुंवरले अध्यक्षको जिम्मेवारी सम्हाले । अध्यक्ष कुंवर स्मरण गर्दै भन्छन् – ‘विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन निशुल्क पोशाकको माध्यमबाट आकर्षित गर्न थालियो ।’ र विभिन्न संघ संस्थाको सहकार्यमा जुत्ता मोजा,झोला शैक्षिक साम्रगी वितरण गर्र्यौ । अध्यक्ष कुंवरले भने । ’ यस्तै २०७४ सालमा नगरपालिकाका सामुदायिक विद्यालयहरु बिच मर्ज तथा स्तरउन्नति घटुवा भई पुन ः कक्षा ५ सम्म नै अध्ययन हुन थाल्यो । कक्षा ५ सम्म पढाई हुन थालेपछि विद्यार्थीको संख्या झन कम भयो । अभिभावक र विद्यार्थीलाई आर्कषित गर्न विद्यालयले २०७६ सालबाट दिवा खाजाको समेत व्यवस्था गर्यो । आवतजावतका लागि साना बालबालिकाहरुलाई बस भाडामा स्कुल बस समेत संचालनमा ल्यायो ।

मंगलबार विद्यालयको आफ्नै बस राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले रातो रिबन काटेर उद्घाटन गरे । उद्घाटन गर्दैं भट्टराईले भने – ‘बस सेवा संचालन गर्नु सामान्य होला ।’ तर, सामुदायिक विद्यालयको गुणस्तर कायम गर्नका लागि आधारभुत तहका विद्यालयहरु मध्ये कालिकाले बस सेवा संचालन गर्नु महत्वपुर्ण बिषय हो ।’ ‘साधारण शिक्षाको बाहुल्यता अधिकतम र प्राविधिक शिक्षाको बाहुल्यता न्युन भयो ।’ नेकपाका प्रमुख सचेतक भट्टराईले भने ।’ उनले फेरी थपे – शिक्षामा परिवर्तन ल्याउन सरकार लागिरहेको छ । र प्राविधिक शिक्षाको बाहुल्यता बढाउन जोड दिईरहेको छ । योजना बनिरहेका छन् ।

‘सुकिला मुकिला दाजुभाई दिदीबहिनीका छोराछोरीले सरकारी स्कुलमा नपढदा सम्म सरकारी स्कुलकोे गुणस्तर सुर्धिन्न । नगर प्रमुख चित्र बहादुर कार्कीले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्र्दैै भने ।’ कालिका आधारभुतले रुपन्देहीमै उदाहर्णीय र गौरव हुने कार्य गरेको आफुले महसुस गरेको कार्कीले सुनाए । ‘अभिभावकको माग ढोका ढोका सवारी साधन आउस् भन्न नै हो । ’ कालिकाले पुरा गरेको छ । अब कालिकामा बालबालिकालाई अध्यापन गराउन अनुरोध गर्छु । अभिभावक तर्फ केन्द्रित गर्दै कार्कीले भने ।’ विद्यालयले गाडीको.उचित तरिकाले उपयोग गर्न समेत विद्यालयलाई ध्यानाकर्षण गराए ।

आफ्नो बस संचालनमा ल्याउनु एउटा गर्वको कुरा हो । खुसीको कुरा हो । र चुनौति पनि छन् । प्रध्यानध्यापक प्रकाश चन्द्र न्यौपानेले स्वागत गर्दै आफ्ना धारणा राखे । बसको औपचारिक उद्घाटन पछि कक्षा ४ मा अध्ययनरत तेजिना बिकले खुसी हुँदै भनिन् – ‘अब त दुख हुन्न नी हिड्न । बसमै आउँछौ । बसमै घर जान्छौँ । छिट्टै पनि पुगिन्छ ।’ अर्का कक्षा ३ मा अध्ययनरत विद्यार्थी बरुण भट्टराई सँगैं सम्पुर्ण विद्यार्थी तेजिना जस्तै खुसी देखिए ।
कालिकाले आफ्नै बस संचालन गरेपछि अभिभावकमा पनि उस्तै खुसी छाएको छ । अभिभावक कमला गौतमले. भनिन् – ‘बस संचालन भएपछि खुसी भएका छौँ । स्कुल बिदा भएपछि सजिलै घरमा समयमै छोराछोरी आउँछन् । ’ वडा नं २ का वडाध्यक्ष कामदेव भुसालले विद्यालयको गुणस्तर बृद्धि गर्न वडाले विभिन्न योजनाहरु अगाडि बढाएको सुनाए । वडाध्यक्ष भुसालले नै खिमलाल भट्टराई,चित्रबहादुर कार्की,बस चालक ज्ञान सिंह पुन सँगै विद्यार्थीहरुलाई बसमा राखेर विद्यालयको कम्पाउण्ड भित्र बस चलाएर एक राउण्ड घुमाए । यतिबेला सबैको मुहार खुसी देखिन्थ्यो । सैनामैना नगरपालिका,वडा लगायतको सहयोगमा करिब २५ लाखको लागतमा बस सेवा संचालनमा आएको हो ।

कालिका आधारभुत विद्यालयमा हाल १ सय ३६ जना विद्यार्थी छन् । दरबन्दीमा ५ जना शिक्षक छन् । बाल कक्षा र निजी स्रोतमा २÷२ जनाका दरले शिक्षकहरू रहेका छन् । कर्मचारी पनि २ छन् । भवन संख्या ६ वटा छन् भने २ वटा शौचालय छन् । विद्यालयमा पुर्वतर्फ सोरौली र पश्चिम तर्फ खकनपुर गंगानगरका विद्यार्थी अध्ययनका लागि आउने गर्दछन् । विद्यालयका अध्यक्ष कृष्ण कुंवरका अनुसार पहिले भन्दा विद्यार्थीको आर्कषण बढेको छ । विद्याललाई कक्षा ८ सम्म पुर्याउने र प्राविधिक शिक्षा संचालन गर्ने विद्यालयको योजना छ । कुंवरले सबै विद्यार्थी, अभिभावक, स्थानिय सरकार,स्थानिय लगायतको सहयोग आवश्यक पर्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न नगरपालिकाले टिफिन बक्स,प्रोजेक्टरबाट अध्यापन,छात्राबृत्ति लगायतका विभिन्न योेजनाहरू संचालन गरिरहेको छ ।

सम्बन्धित् समाचार