गृहपृष्ठ Featured लागु पदार्थ दुर्व्यसनि कम गर्नका लागि बाणगंगा वडा न.४मा खेलकुद सामाग्री प्रदान

लागु पदार्थ दुर्व्यसनि कम गर्नका लागि बाणगंगा वडा न.४मा खेलकुद सामाग्री प्रदान

प्रकाशित मिति:

बाणगंगा नगरपालिका वडा न. ४ले युवा तथा बालवालिकाहरुका लागि खेलकुद सामाग्री प्रदान गरेको छ । वडा न. चारमा पर्ने सात वटा टोलका क्लब हरु र चार वटा बिद्यालयहरुलाई वडाले खेलकुद सामाग्री वितरण गरेको हो ।

वडा न चारमा मौलाउदै गएको खेल प्रतिभाहरु लाई अझै टेवा पुर्याउने उदेश्यले यसरि खेल सामाग्रिहरु प्रदान गरिएको वडा चारका अध्यक्ष गणेश क्षेत्री बताउँछन । उनले युवाहरु बढ्दो लागु पदार्थ दुर्व्यसनि तर्फ ढल्कीरहेको बेला खेलकुद बाट केहि हदसम्म भएता पनि रोक्न सकिने र हुर्कदै गरेका बालवालिकाहरुलाई त्यस्तो सोचाई पनि नआओस् भन्नका लागि वडाका विद्यालयहरु र टोलहरुमा आफै पुगेर खेलकुद सामाग्री प्रदान गरी यस्तो संन्देस दिएका हुन ।

त्यस्तै युवा समाजसेवि एवं बाणगंगा वेलफेयर सोसायिटीका महासचिव दिनेश क्षेत्रीले पनि वडा अध्यक्ष क्षेत्रिले युवा तथा बालवालिकाहरुका लागि चलाएको कदमलाई सबैले साथ दिनुहुन आग्रह गरे ।

वडामा सबै किसिमका खेल समाग्रीहरु प्रदान गरिएको छ । वडा न.४ले ३ लाखको खेलकुद सामाग्री वितरण गरेको हो । युवा तथा बालवालिकाहरुलाई वडाले यसरी खेल सामाग्री प्रदान गरेपछि लागु पदार्थ दुर्व्यसनि कम हुने अभिभावकहरुमा आशा पलाएको छ ।

सम्बन्धित् समाचार