गृहपृष्ठ Featured राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित घिमिरेलाई गृहजिल्लामा भब्य स्वागत

राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित घिमिरेलाई गृहजिल्लामा भब्य स्वागत

राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेकपा नेतृ विमला घिमिरेलाई गृह जिल्ला कपिलवस्तुमा स्वागत गरिएको छ ।

घिमिरेलाई जिल्लाको चन्द्रौटा , इमिलिया , गोरुसिंगे , बनगाई , बोर्डगाउँ र ४ नं जितपुरमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका नेता , कार्यकर्ता , शुभचिन्तकहरुले निर्वाचन जितेको खुशीयालीमा अबिर , माला ,खादाले स्वागत गरेका थिए ।

पञ्चे बाजा सहित पार्टिका केन्द्रिय सदस्य एवं कपिलवस्तु सह इन्चार्ज समेत रहनु भएकी घिमिरेलाई खुशीयाली साटासाट गरिएको थियो ।

स्वागत कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले देशैभर नेकपाको जितले कार्यकर्तामा उत्साह थपेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य डोरप्रसाद उपाध्यायले देश कम्युनिष्टमय भएको बताउदै सर्बहारा जनताको हितमा पार्टिले काम गर्ने बताउनु भयो ।

सांसद एवं पार्टिका केन्द्रिय सदस्य एवं कपिलवस्तु सहइन्चार्ज घिमिरेले आफ्नो काँधमा थप जिम्मेवारी आएको बताउनु भयो ।

सांसद घिमिरेले जनता र राष्ट्रको पक्षमा दृढ भएर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रममा पार्टिका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले देश समृद्धि बनाउन सबै लाग्नु पर्ने बताउनु भयो । कम्युनिष्टको असल पहिचान निर्वाचित सदस्यहरुले दिनु पर्नेमा उहाँले जोड दिनु भयो । स्वागत कार्यक्रममा नेता , कार्यकर्ता , शुभचिन्तक गरि उलेख्य सहभागिता रहेको थियो। । पञ्चे बाजाको तालमा उपस्थित सबैजना खुशी हुदै नाँचेका थिए ।

सम्बन्धित् समाचार