कपिलवस्तुको बाणगंगा र गोरुसिंगे बाट नक्कलि मह बेच्ने दुईजना पक्राउ परेका छन । गुणस्तरहिन खाद्य वस्तु सहित कपिलवस्तुका विभिन्न स्थानबाट प्रहरीले तिनीहरु लाई पक्राउ गरेको हो ।
वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारु, मौरी पालक महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष मोहन अधिकारी, मौरी पालक महासंघ केन्द्रीय सदस्य नन्दराम अर्याल ,नेपाल मौरी पालक महासंघ प्रदेश ५ का सचिव लिलापति घिमिरे, उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, समाजसेवी, डोलकराम घिमिरे, पत्रकार लगायतको टोलि अनुगमन गएको थियो ।

उक्त अनुगमन टोलीले ४ बोरा चिनी, फिट्किरी, लगायतका थुप्रौ अखाद्य वस्तुहरु बाणगंगामा जफत गरि ईलाका प्रहरि कार्यलय पिपरा र एक कुन्टल जति नक्कलि मह गोरुसिंगे बाट जफत गरि गोरुसिंगे प्रहरिलाई बुझाएको छ । अनुगमन टोलीले अनुगमन गर्दा वाणगंगा नगरपालिका वडा नं. ८ मा १२ वटा घरमा डेरा गरी बस्दै आएका ४०।४५ जनाको समूहले यस्तो काम गर्दै आएको बुझिएको हो । तिनै समुहका एक जना गोरुसिंगे बाट र उनान्चालिस जना बाणगंगा बाट फरार भएका छन ।
जिल्लाका विभिन्न क्षेत्रमा डेरा गरि अथवा त्रिपाल टागेर बस्दै आएका यस्ता समुह हरुले रातारात नक्कलि मह बनाएर सोझा साझा जनाताहरुलाई ठग्दौ आएका छन । गुणस्तरहिन खाद्य वस्तुको प्रयोगगरि बनाउने नक्कलि महले सोझै उपभोक्ताको जिवन संग खेलवाड भैरहेको कपिलवस्तु मौरी पालक महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष मोहन अधिकारीले बताए ।

उनले यस्तो अखाद्य वस्तु मानिसले सेवन गरेमा अकालमै मृत्यु समेत हुन सक्ने बताए । भारतका विभिन्न स्थानबाट नेपाल भित्रिएको गिरोहको समुहले गुणस्तरहिन सडेगलेका र मानव जिवनमा कहिल्यै सेवन गर्न नहुने वस्तुहरु ल्याएर रातभर नक्कलि मह बनाउने र उज्यालो नहुदै त्यस स्थान बाट निस्कने गरेको स्थानियहरुको भनाइ छ ।







