गृहपृष्ठ Featured बर्षौ देखि संरक्षणको खोजिमा डमरु दह यस्तो धार्मिक मान्यता

बर्षौ देखि संरक्षणको खोजिमा डमरु दह यस्तो धार्मिक मान्यता

प्रकाशित मिति:

देशमाअहिले पर्यटन बर्ष चलिरहेको छ । देश भर स्थानियतहतथाजिल्लामापर्यटक तान्ने लुकेर रहेका पर्यटकिय स्थलप्रचार प्रसारमाब्यस्त छन । अर्घाखाँचीजिल्लापनिपर्यटक रमाउन सक्ने सम्भावना रहेको ठाँउ हो तर यहाँकाअगुवा राजनितिकदलको त्यस तर्फ कुनै ध्यानपुगेको छैन ।
बिभिन्न सभा सम्मेलनमा स्र्वग बनाउने कुरा नेताहरुले नगर्ने हैन भाषणमा जितपुर बाट सुरुङ सडक सन्धिखर्क ,सुपादउरालीमुनि बगेको सितखालाथुन्ने सुपादेउरालीमाथी देशकै अग्लो स्थानमापुलबन्ने डमरु दहमा डुङ्गा सरर बिचमामन्दिर र छेउछाउ बगैचा बन्छ बन्छभनेको बर्षाै भयो र अहिले पनि मेयर देखि सांसद सम्मका भाषण यहि छन तर संरक्षण र बिकासमाकुनै सिन्को भाच्ने कामभएको देखिदैन ।
सुपादेउराली दौनिकहजारौ पर्यटक पुग्ने गर्छन तर सुपा देउरालीपुग्ने करिव १ किमि सडक मर्मत नहुदानिकै असहज छ सानो गल्तीले ठुलो दुर्घटना हुन सक्ने सम्भावना छ तर ध्यानत्यहा कसैको पुगेको छैन ।

शितगंगानगरपालिकामा रहेको डमरु दहपनि सडकबाटै दौनिकहजारौ यात्रुकानजर पुगछ तर डमरु दह कौडिको भाउको हिरा जस्तै भएको छ । तालको पानी सुक्न थाले पछि १५ लाखखर्च गरेर लिफ्ट बाट पानीतान्ने भन्दै बजेट सकियो तर पानी १ दिनमात्रआयो अनिबन्द छ । “बजेट सक्ने प्रवृतिले गर्दा कामहुन सकेन संरक्षण गरौ भन्ने भावना भएपो काम हुन्छ” ठुलो सम्भानाभएको ठाउको यो गतिले साह्रै दुखलाग्ने स्थानिय बिराट बेल्वासेको भनाई छ ।
स्थानिय७० बर्षिय उमानन्दअधिकारीले आफु जान्निहुँदा यो ताल भरि , दक्षिण क्षेत्रबाट पानीबग्ने र स्वच्छ थियो कमलकाफुलहरुले सुन्दरताथप्ने गर्दथे तर केहि बर्ष देखि ताल सुक्दै गएपनि कसैलेयसको बिकल्पखोजेको नपाउँदादुखलागेको बताउनु हुन्छ । सडक निर्माण गरे संगै नालीको भलतालमा राख्दाहिलो र ढुङ्गाले तालपुरिदै गएको र देखिनमुल समेत सुकेको बताउनु हुन्छ । न गरपालिकाले बजेट हालेर पानीतान्ने कुरा सुने पनिपानीनआएको बताउदै संरक्षण गरे मुल सुक्न नदिएपानीतान्ननपर्ने अधिकारी बताउनु हुन्छ ।
यो बर्ष नगरपालिका र प्रदेश सरकारको सवन्वयमा ५० लाखको लागतमा डेण्डर आह्ववानभएको छ जसमा २३ लाखमा टेण्डर परि सकेको छ । बचेको २२ लाखमाबिचमामन्दिर बनाउने योजना रहेको नगर प्रमुखको भनाइ छ ।
डमरु दहको संरक्षणको लागिनालीको पानीदहभन्दाबाहिर नफालेमा केहि बर्षमातालनै सुक्ने स्थानिय भन्छन तर स्थानियतहको ध्यानत्यसमा छैन करिव १ करोड लगानीलागि सक्दाबाहिरी कुरा ध्यानमा परे पनिदह सुक्नुको मुख्यकारण मानिएको सडक ढल प्रतिध्यान छैन ।

डमरु दहको संरक्षणमा वडा नम्बर ३ ले सक्दो प्रयास गरेको वडा अध्यक्ष हेमनाथ भुसालको भनाइ छ ।
बाहिर देखिने फोहोरहरु सरसफाइगर्न वडाबाट कर्मचारी खटाए पनित्यतिले प्रयाप्तनभएको भुसालबताउनु हुन्छ ।

नगरपालिकाकामेयर शुर्य प्रसाद अधिकारीले डमरु ताललाइपर्यटकिय स्थलबनाउने बिचमामन्दिर बनाउने र पार्क बनाउने भन्ने धेरै कार्यक्रममाभने पनिप्रगतिको रुपमा सुन्यकाम छ । सडकको वरिपरिको सडक समेत नगरपालिकाले कालोपत्रे गर्न सकेको छैन ।
डमरु दहको बारेमाबिभिन्नधार्मिक आस्था रहेको पाइन्छ । प्राचीनकालमाभगवानशिवको ध्यानगर्न नर्तनाञ्चलपर्वत नरपानीमाजाने क्रममापाइला टेकेको स्थानमा डमरु आकारमापाइला बनेको भन्ने बिस्वास छ ।

यस्तै भगवान रामले बनवास जाँदायहितालमापाइला टेकि पानीनिकाल्नआरिपानीमा बाणँ हानेको र रामको पाइलाको आकारमा यो ताल बनेका भनिन्छ रामले बाण हानेर पानीनिकालेको स्थानआरिपानी समेत यसै नगरपालिमामा रहेको छ आरिपानी बाणगंगा नदिको मुलभएको स्थान समेत हो ।

यस्तै बिभिन्नधार्मिक पर्वचनमाभनिएअनुसार रावणले ध्यान बस्ने बेलापानीको लागि बाण हानीपानीनिकाल्दा बाण बाट खसेको र ताल बनेको भन्ने गरिन्छ रावणल नर्तनाञ्चलपर्वतमाध्यान बस्दा त्यहा रहेका योगीनी हरु डरले भागेर डमरु दहभन्दा १किलो मिटर टाडा बसेको कुटी समेत अहिले सम्म रहेको छ हालत्यो गाँउको नाम समेत जोगिनीकोट रहेको छ ।सिहंदरबार गाँउगाँउमाभनिएपनिपर्यटन र आम्दानीको मुख्य स्रोत डमरुदह जस्तै धेरै स्थलहरु गुमनामभइरहेका छन । करोडौ सकम स्थानियतहले खर्च गर्दा लाखौ रकमपर्यटकिय क्षेत्रमाखर्च गर्दा नगरपालिकाको काखैमा रहेको ठुलो सम्भावनाबोकेको स्थान नै ओझेलमापर्दा स्थानियतहकाजनप्रतिनिधीको ध्यानत्यतापुग्न सकेको छैन ।

सम्बन्धित् समाचार