सुशील गैरे, बुद्धभुमी
सिद्धार्थ स्मारक मा.वि. भेलाईमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सहयोग सामग्री वितरण कार्य समपन्न भएको छ ।
उज्जवल नक्षत्र समाज (Bright star society) को सहयोगमा १० जना विद्यार्थीलाई १० वटा सेतो छडि ,२ रिम ब्रेल कापि,२ वटा बोल्ने क्यालकुलेटर,एउटा स्क्यानर र एउटा कम्प्युटर सेट विद्यालय व्यावस्थापन समितिका पदाधिकारि तथा शिक्षाप्रेंमि समाजप्रेमिको उपस्थितिमा हस्तानान्तर गरियको हो ।
बुद्धभुमी नगरपालिका वडा १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत (तिलक) को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सगरमाथा आरोहि श्री ज्ञान माया रणपालको विशिष्ट आथित्यता रहेको थियो ।
कार्यक्रमा वोल्दै वडा अध्यक्षले वडा नं. १मा पनि फरक क्षमता भएका ब्यक्तिको क्षमता विकाशका लागि रु १ लाख छुट्टाएकोले उज्जवल नक्षत्र समाज जस्ता संघ संस्थासंग मिलेर काम गर्न आफु सधै इच्छुक रहेको बताउनु भयो ।त्यस्तै विद्यालयका प्र.अ. डिलाराम पौडेलले बिद्यालयको समग्र हित तथा विकाश र त्यसमा पनि दृष्टिविहिन छात्र छात्राको उन्नति र प्रगतिका निम्ति सदा आफु लागिरहने प्रण व्यक्त गर्दै सहयोगका निम्ति समाजलाई र सगरमाथा आरोहि श्री ज्ञान माया रणपालको विषेश पहलमा यो सहयोग संभव भएको भन्दै विशेष धन्यवाद ब्यक्त गर्नुभयो । विद्यालयका दृष्टिविहिन पूर्व विद्यार्थी सम्राट केसिले पनि आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो।
कार्यक्रम उज्जवल नक्षत्र समाज (Bright star society) का अध्यक्ष् वासुदेव अधिकारीको अध्यक्षता,बिद्यालय ब्याबस्थापन समितिका सदस्य हरिलाल अधिकारिको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम शिक्षक भोजराम खनालको संचालनमा सम्पन्न भएको थियो ।
गृहपृष्ठ खबर सिद्धार्थ स्मारक मा.वि. भेलाईमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण