गृहपृष्ठ Featured तीन वटा ट्रक एकआपसमा ठोक्किँदा भैरहवामा तीन जनाको मृत्यु

तीन वटा ट्रक एकआपसमा ठोक्किँदा भैरहवामा तीन जनाको मृत्यु

प्रकाशित मिति:


तीन वटा ट्रक एकआपसमा ठोक्किँदा भैरहवामा तीन जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा नवलपरासीको पालिनन्द गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मी तथा सुनसरीको चतराका पूर्णबहादुर भुजेलको ज्यान गएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्कबहादुर खत्रीले जानकारी दिए ।

भैरहवाबाट परासीका लागि छुटेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ जाँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
बिहान बाक्लो कुहिरो लागेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सम्बन्धित् समाचार