कपिलवस्तुको बाणगंगा नगरपालिकाले लगाएको बाणगंगा नदीको ठेक्का टेन्डर रद्ध गरिएको छ । मंगलवार दिउसो बसेको नगर कार्यपालिकाको वैठकले नदिको ठेक्का रद्ध गर्ने निर्णय गरेको हो । टेन्डरमा तिनवटा कन्ट्रकस्न कम्पनीहरु पहिलो एन बि कन्ट्रकस्नले रु पाँच करोड एघार लाख , दोस्रो सत्यसाई निमार्ण कम्पनीले तिन करोड उन्नासय लाख ,तेस्रो रवि निमार्ण सेवाले एक करोड असी लाख रुपैयाको टेन्डरमा समावेश भएका थिए ।
उक्त टेन्डर एन. बि. कन्स्ट्रक्सन (पहिलो पक्षले)े नलिएपछि ओम सत्य शाहि (दोस्रो पक्षलाई) स्वतः ठेक्का लिने बाटो खुलेको थियो तर पहिलो र दोस्रो पक्षले ठेक्का पाएपनि नलिने बताएपछि ठेक्का रद्ध गरिएको हो । नगरपालिकाले अर्को टेन्डर बुधवार अर्थात भोलि आह्वान गर्ने बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।
यसैबिच आज बसेको कार्यपालिका बैठकले नगरपालिका भित्र संचालन हुने चालु वर्षका योजनाहरुका लागि बजेटको टुङ्गो लगाएको छ । नगरपालिकाका विभिन्न वडामा संचालन हुने ७०÷३० र ५०÷५० को योजनाको टुङ्गो लगाएको हो । कार्यपालिका बैठकले यस अघि घोषणा गरेको नगरको छैठौँ नगरसभा तोकेको मिति भन्दा केही पर सारेको छ । माघ २४ गते गर्ने योजनाका साथ मिति घोषणा गरेको नगर सभाका लागि आवश्यक तयारी नपुगेको र विभिन्न अन्य कारणले नगरसभा आगामी फाल्गुण ७ गते गर्ने निर्णय गरको छ ।