गृहपृष्ठ Featured ओदारी माविको व्यबस्थापन समितिले ३ बर्षपछि पुर्णता पायो : अध्यक्षमा कंडेल

ओदारी माविको व्यबस्थापन समितिले ३ बर्षपछि पुर्णता पायो : अध्यक्षमा कंडेल

कपिलवस्तुको वाणगंगा नगरपालिका ११ ओदारीमा रहेको ओदारी माविको विद्यालय ब्यबस्थापन समितिले पुर्णता पाएको छ । करिव ३ बर्षदेखि आन्तरिक विवादका कारण अध्यक्षको टुंगो नलागेको व्यबस्थापन समितिको अध्यक्षमा लक्ष्मण कंडेल चयन भए संगै समितिले पुर्णता पाएको हो ।

पुष २५ गतेको बैठकले अभिभावकसंघ बाट ४ जनाको नाम सिफारिश गर्ने निर्णय गरेसंगै बहुमतको आधारमा कंडेल अध्यक्षमा चयन भएका हुन् । समितिको सदस्यहरुमा वडाअयध्यक्ष सोमनाथ अर्याल, सोनमति थरुनी, तेशरी थारु, दिनानाथ केवट, सदस्य सचिवमा प्रअ शुभाखर भुसाल र शिक्षक प्रतिनिधिबाट राम प्रसाद भण्डारी चयन भएका छन् । अपुर्ण ब्यबस्थापन समितिले एक कार्य काल विताए पछि ३ बर्ष पछि समितिले पुर्णता पाएसंगै विद्यालयको शैक्षिक क्रियाकलापमा सुधार आउने सरोकारवालाले विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष कंडेलले अध्यक्षमा चयन गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो जिम्मेवारी ईमानदारीताका साथ निर्वाह गर्ने बताए । उनले यस क्षेत्रका समाजसेवी, राजनितिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरु संग समन्वय गरि विद्यालयको आवश्यकता के हो भनि प्राथमिकताको आधारमा कार्यक्रहरु गर्ने बताए । अध्यक्ष कंडेलले सामुदायिक विद्यालयको गुणस्तर खस्किन नदिनका लागि तथा विद्यालयको चौतर्फि विकास गर्नका लागि आफु सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित् समाचार