आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ । सोहि क्रममा बाणगंगा वेलफेयर सोसाइटीले पनि शहीदहरुको सम्झनामा दिप प्रज्वलन गर्ने भएको छ ।
बाणगंगाको चार नम्बर चोकमा साँझ पाँच बजे दिप प्रज्वलन हुने वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले बताए । देश र जनताका लागि हाँसि हाँसि आफ्नो ज्यन दिन तत्पर शहीदहरुको लागि बर्षमा एक दिन भएता पनि स्मरण गर्ने दिन आज भएकाले कपिलवस्तु बासि हरुलाई दिप प्रज्वलन कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।










