गृहपृष्ठ Featured सैनामैनामा दुई मोटरसाइकल र स्कुटर ठोक्किए, २ जनाको मृत्यु

सैनामैनामा दुई मोटरसाइकल र स्कुटर ठोक्किए, २ जनाको मृत्यु

१७ माघ, सैनामैना ।
रुपन्देहीको सैनामैना रामापुरमा दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना ७ का अन्दाजी २० बर्षीय सुदिप चौधरी र नबिन चौधरी रहेका छन् । अर्का १६ बर्षीय सन्तराम चौधरी गम्भीर घाइते भएका छन् ।

लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ

सम्बन्धित् समाचार