नेपाल कराते महासंघ प्रदेश ५ को प्रदेश प्रविधीक कमिटी गठन भएको छ । ५ नम्वर प्रदेशको कोहलपुरमा सिनियर प्रशिक्षक र स्वयमसेवक प्रशिक्षको समग्र भेलाले कमिटी गठन गरेको हो । १३औं साफ खेलमा करातेले पाएको उपलब्धी लाई अझै मजबुद गराउनका लिगि यसरी समिति गठन गरिएको हो । नेपाल कराते महासंघको विकास र विस्तारका लागि प्रविधीक कमिटी गठन गर्नु पर्ने भएको हो ।

जसको अध्यक्षमा जिल्ला खेलकुद विकास समिती कपिलवस्तुका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेल , उपाध्यक्षमा नवलपरासी कराते प्रशिक्षक रिषी पौडेल, बाके प्रशिक्षक कृष्ण चौधरी , सचिव रुपन्देही प्रशिक्षक माधव घिमिरे ,सह सचिवमा रुपन्देहि प्रशिक्षक कपिल गैतम ,कोषध्यक्षमा बाके प्रशिक्षक रिना थापा ,र सदस्यहरुमा कमल चन्द,उमेस थापा ,मधु थारु ,इनल साहि र सन्तोष शाह रहेका छन ।
उक्त प्रविधिक समितीको टोलिले विश्व कराते महासंघ ,नेपाल कराते महासंघ र राष्ट्रिय खेलकुद परिषदको निति नियम एवंम निर्देशन पुर्ण रुपले पालना गनुपर्ने समितिका अध्यक्ष मिन प्रसाद पोख्रेलले बताए । उक्त गठित समितिले प्रदेश ५का खेलाडिहरु लाई सिप विकास गर्दै करकाते खेलको विकास , विस्तार र संरक्षणमा विशेष ध्यान दिने समितिले जनाएको छ ।
यसैबिच रष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागले प्रदेश ५,६,७ का पच्चीस बर्ष माथिका ब्लाक बेल्ड प्रप्त गरेका खेलाडि हरुलाई करातेको परिर्वतित अन्तराष्ट्रिय नियमको जनाकारिका लागि तिन दिने प्रशिक्षण संन्चालन गरेको छ । प्रशिक्षण ५ नम्वर प्रदेशको कोहलपुरमा संचालन भएको छ । प्रशिक्षणमा महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे, तालिम तथा प्रशिक्षण बिभागका मुख्य प्रशिक्षक मदन उप्रेति,अन्तराष्ट्रिय रेफ्री बिषन मोटेले प्रशिक्षण दिएका छन ।








