गृहपृष्ठ Featured पर्यटकिय स्थल दानापुरतालमा बिश्व सिमसार दिवस

पर्यटकिय स्थल दानापुरतालमा बिश्व सिमसार दिवस

प्रकाशित मिति:

बिश्व सिमसार दिवसको अवसरमा कञ्चनको गजेडी दानापुरतालमा आज बिशेष कार्यक्रम गरीएकोछ । सिमसारको संरक्षण उधमशिलता र पर्यापर्यटनको प्रबद्र्धन भन्ने नारा सहित मनाइएको बिश्व सिमसार दिवसको अवसरमा सिमसार क्षेत्रहरुको बिनास हुदै गइरहेको र सिमसार क्षेत्रको संरक्षण गर्न सकेमात्र मानव जिवनको अस्तित्व रहने कुरामा बक्ताहरुले जोड दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. ५ सरकार उधोग,पर्यटन , बन, तथा बाताबरण मन्त्रालयका सचिव डा. राधा ज्ञवालीले लोप हुदै गएका सिमसारयुक्त ताल तलैयाहरुको संरक्षण गरी मानवलाई जिवन्त बनाउन सकिने बताएका छन् । सचिव डा. ज्ञवालीले गजेडी दानापुरतालको संरक्षणले चुरे तराइमा भएका ससाना तालतलैयाहरुको अस्तित्व जिवित राख्न सहयोग पुग्ने बताउदै सिमसार सहितको तालतलैयाहरुबाट भुमिगत जल सिंचाईको लागि जल संचित हुने बताए  ।समयमाई सामुदायिक बन उपभोक्ता समूहले तालको संरक्षण गरी पर्यापर्यटनको प्रबद्र्धन गर्नमा निकै महत्वपुर्ण भुमिका खेलेको र प्रकृतिले प्रदान गरेको ताललाई आकर्षक बनाई पर्यटकहरुलाई आकर्षण गर्नुपर्ने बताएका छन्।

बिशिष्ट अतिथि तथा जिल्ला डिभिजन बन कार्यलय रुपन्देहीका प्रमुख बोधराज सुबेदीले सिमसार क्षेत्रहरु संरक्षण र उपयोग गर्न सके स्थानियहरुको आम्दानीको श्रोत बढाउन सकिने र दानापुर तालको आकर्षण बढाउनको लागि अन्य छिमेकी संस्थाहरुको अध्ययन भ्रमण गरी अनुभव आदान प्रदान गर्नु पर्ने बताउनु भएको छ।कार्यक्रमा सामुदायिक बन उपभोक्ता महासंघ कञ्चन गाउसमितिका अध्यक्ष ओम प्रकाश शर्माले कञ्चनको गजेडीमा रहेको दानापुरताल फरक प्रकृतिको सिमसार ताल भएको र रुपन्देहीको गरिमाको रुपमा बिकास भैरहेकोले तालको प्रचार प्रसार गर्न हरेक बर्ष बश्वि सिमसार दिवसको अवसर पारेर ताल महोत्सव संचालन गर्दै आइरहेको बताउनु भएको छ ।

कञ्चन गाउपालिका वार्ड नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले बिबिधताले सिंगारिएको तालको प्रचार प्रसारमा कमी भएको र देश भर दानापुरतालको प्रचार प्रसार गर्न महोत्सवले मात्र नपुग्ने बताउदै गाउमा नेपाली टिपिकल खाना सहितको हाम स्टे संचालन गर्नु पर्ने बताएका छन् ।अध्यक्ष थारुले गित मार्फत दानापुरतालको महत्वको बारेमा चर्चा गरेका थिए ।

सांस्कृतिक झांकी सहितको ¥याली र सोरठी नाच प्रस्तुत गरी मनाइएको कार्यक्रममा समयमाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष मिन बहादुर थापाकाे अध्यक्षता रहेको कार्यक्रमको संचालन सूरज थापाले गरेका थिए ।

सम्बन्धित् समाचार