गृहपृष्ठ Featured जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको भवन विधिवत उद्घाटन

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको भवन विधिवत उद्घाटन

प्रकाशित मिति:

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको भवन विधिवत रुपमा उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा न.८को मायादेवि रंगशालामा अवस्थित नयाँ भवनको आईतवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले रिबन काटेर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सिलवालले कपिलवस्तु जिल्लाको खेलकुदमा भएको यस्तो तिव्र विकास देख्दा एकदमै खुसि व्यक्त गरेका थिए । उनले मायादेवि रंगशालालाई छिटै स्तर उन्नती गरेर राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सबै प्रकारका खेलहरु यस रंगशालामा खेलाउन सकिने बताए । त्यस्तै मायादेवि रंगशालाको विकास र समग्र जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको विकासमा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै बाणगंगा नगरपालिका वडा न.८का वडा अध्यक्ष गुणनिधि भुसालले वडामा भएको सुन्दर रंगशालाका लागि हुने सबै किसिमका आरोह अवरोह सहेर भएता पनि विकासमा लाग्ने बताएका छन् । उनले यस्ता रंगशालाहरु र जिल्लाको खेल क्षेत्रमा सबै तह र तरिकाबाट आफु लागि परिरहेको स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुख कुल बहादुर थापा , तालिम विभागका प्रमुख अर्जुन बिक, मदन भण्डारी खेल फाउन्डेसनका केन्द्रीय उपाध्यक्ष धुर्व आचार्य, जिल्ला खेलकुद विकास समितिका सहायक कराँते कोच हेमन्त कुमार श्रेष्ठ, समाजसेवी रामप्रसाद घिमिरे लगायत जिल्लाका सिनियर ५० जना भन्दा माथि खेलाडिहरुको उपस्थिति रहेको थियो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मिनप्रसाद पोख्रेलको स्वागत रहेको कार्यक्रम कराँते खेलाडि सविना आर्चायको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार