गृहपृष्ठ Featured ‘कोरोना भाइरसले चीनको फाइभजीमा धक्का’

‘कोरोना भाइरसले चीनको फाइभजीमा धक्का’

प्रकाशित मिति:

कोरोना भाइरसको कारण चीनको नयाँ पुस्ताको इन्टरनेट फाइभजीमा ढिलाई हुनसक्ने विश्लेषकहरुले बताएका छन् । उनीहरुले भारसको कारण चीनको राष्ट्रिय प्राथमिकतामा रहेको फाइभजीको विस्तार नै सुस्ताउने चिन्ता व्यक्त गरेका हुन् ।

गत नोभेम्बरमा चीनले आफ्नो समयतालिका भन्दा पहिला नै फाइभजी सुरु गरेको थियो । तर, त्यसको केही समयमा नै कोरोना भाइरसको कारण चीन समस्यामा परेको हो । चिनियाँ वित्तीय संस्था चाइना रिनाएसेन्सले चीनको फाइभजी सेवा पछाडि धकेलिन सक्ने बताएको हो । उसका अनुसार कोरोना भाइरसको कारण चीनको विभिन्न शहरमा निर्माण हुँदै गरेको बेस स्टेशन प्रभावित बन्न पुगेका छन् । यसले चीनको फाएभजी सेवामा प्रत्यक्षरुपमा असर पुगेको छ ।

सोमबार कम्पनीले सार्वजनिक गरेको एक विज्ञप्ती अनुसार चिनियाँ नयाँ वर्षको बिदा लम्बिनु र कोरोना भाइरसको प्रकोप बढ्नु फाइभजीका अवरोध हुन् । चीनले आफ्नो चन्द्रमास अनुसार मनाइने नयाँ वर्षको बिदा लम्ब्याएको छ । कम्पनीहरुले पनि आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् , त्यसले चीनको व्यावसायिक गतिविधि नै सुस्ताएको छ । आजको आर्थिक अभियान दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार