कपिलवस्तु जिल्लाकै पहिलो ‘क’ वर्गमा पर्न सफल शैक्षिक प्रतिष्ठान हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुलको ११ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद विष्णु पन्थीले एक दशकको समयमानै यसरि जिल्लामै पहिचान बनाउँन सफल भएको भन्दै अभिभावकहरुलाई ढुक्क हुन आग्रह गरेका छन् । प्रमुख अतिथि समेत रहेका सांसद पन्थीले निजी क्षेत्रका विभिन्न संघ, संस्थाहरुका लागि राज्यले निति मात्र परिवर्तन गरेकाले यसमा लगानिकर्ता आत्तिहाल्नु पर्ने अवस्था नआएको बताए । सांसद पन्थीले वालवालिकाहरुको व्यक्तित्व विकासका लागि हुनुपर्ने सबै ब्यबस्था हिलबर्टले सुनिश्चित गरेको भन्दै विद्यालयका वालवालिकाहरुको भविष्य उज्जवल हुने विश्वास व्यक्त गरे । उनले हिलबर्ट अब जिल्लामै मात्र नभई प्रदेश तथा देशमै एक उत्कृष्ट विद्यालय बन्नेका लागि आफ्नो सहयोग तथा पहल सदैव ररिहने प्रतिवद्धता जनाए । पन्थीले देश शैक्षिक अवस्थामा धेरै अगाडि बढिसकेको भन्दै कपिलवस्तुमा पनि शिक्षा साथ साथै अन्य विभिन्न विकासका कार्यहरु भईरहको पनि जानकारी गराए ।