गृहपृष्ठ Featured तरुण दल कपिलवस्तु र ने.वि.संघ क्षेत्र नम्बर १को सिरक वितरण अभियान समापन

तरुण दल कपिलवस्तु र ने.वि.संघ क्षेत्र नम्बर १को सिरक वितरण अभियान समापन

प्रकाशित मिति:

जाडो मौसमसँगै गरिव तथा विपन्न परिवारमा खुसी छाउने कार्यमा सक्रीय कपिलवस्तुका युवाहरु अहिले सिरक बाढ्ने कार्यमा अघि बढे । नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तु र नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर १ कपिलवस्तुको संयुक्त आयोजनामा शनिवारदेखि सुरु भएको सिरक वितरण अभियान बुधबार विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाका वाणगंगा नगर पालिकाका ११ वटा वडामा सिरक वितरण गरिएको ने.वि.संघ क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले बताए ।

वाणगंगा नगरपालिकाका वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका ३०० भन्दा बढी परिवारलाई ४ लाख भन्दा बढी रकमको सिरक बाँडिएको आयोजकले जनाएको छ ।

सिरक वितरण अभियानको समापन कार्यक्रममा बोल्दै तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरीले युवाहरुको जोस र जाँगरले देश विकासमा फट्को मार्न सक्छन् भन्ने कुराको उदाहरण कपिलवस्तुका युवाहरुले दिएको बताए । उनले नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तु र नेपाल विद्यार्थी संघले विगतका दिनदेखि नै दुःखी गरिबको पाउमा मह्लम लगाउँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

यस्तै ने.वि.संघ क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले गरिब विपन्न परिवारलाई यसरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै युवाहरुको यो जोस र जाँगर भोलीका दिनमा अझै तीव्र रुपमा अगाडी बढाउने बताए ।

सिरक प्राप्त गरेका घर परिवारले यो सह्राहनीय कार्य प्रति खुसी हुँदै यसरी दुःखी गरिबहरुको आँसु पुछ्न सक्रीय युवाहरुलाई धन्यवाद दिएका थिए ।

अभियानमा नेपाली कंग्रेसका वरिष्ठ नेताहरु, हरिराज घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्री, प्रेमनारायण पौडेल, दुर्गा सेन, दिपक थापा, रुक बहादुर भुसाल, देवेन्द्र रायमाझी, ज्ञानु कार्की, तारावती चौधरी, दिनेश क्षेत्री, हरी ढुङ्गाना, लगायतले सहयोग गर्नुभएकोप्रति आयोजकले सबैलाई धन्यवाद दिएको छ ।

सम्बन्धित् समाचार