गृहपृष्ठ खबर कोरोना भाइरस संक्रमण : चिनियाँलाई भारत प्रवेशमा रोक

कोरोना भाइरस संक्रमण : चिनियाँलाई भारत प्रवेशमा रोक

प्रकाशित मिति:

 चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि भारतले चिनियाँ नागरिकको प्रवेशमा रोक लगाएको छ।

भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै मुलुकमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो। सरकारले स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति नदिन मातहातका अध्यागमन कार्यालयलाई निर्देशन दिएको हो।

कोरोना भाइरसका कारण स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको आगमनमा प्रतिबन्ध लगाइएको भारतको महारागंज जिल्लाको सोनौली प्रहरी चौकीका प्रमुख एस.आई. अशोक कुमारले पुष्टि गरे।

‘नेपालबाट स्थलमार्ग हुँदै आउने चिनियाँ पर्यटकको आगमन प्रतिबन्ध लगाइएको छ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अर्को आदेश नआएसम्म प्रतिबन्ध रहनेछ।’

प्रतिबन्धको आदेश अघि आगमनको अनुमति लिइसकेको चिनियाँ नागरिकलाई भने भारतमा प्रवेशमा रोक लगाइने छैन। अन्य नयाँ चिनियाँ नागिरकको हकमा भने भिसा वा अगामनको अनुमति दिइने छैन्।

प्रतिबन्धको आदेशसँगै नेपाल आउन लागेका १ सय १३ ताइवानका नागरिकलाई अध्यागमन कार्यालय सोनौलीले सीमामा दुई घण्टासम्म रोकेर सोधपुछ गरेपछि प्रस्थानको अनुमति दिएको थियो।

अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा मात्र ५६३ को मृत्यु भइसकेको छ । चीनमा यसले महामारीको रुप लिएपछि विश्वभर सतकर्ता अपनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण विश्वका २७ देशमा फैलिइसकेको छ ।

सम्बन्धित् समाचार