गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पसमा खेल सप्ताह सुरु

सिद्धार्थ क्याम्पसमा खेल सप्ताह सुरु

प्रकाशित मिति:

जिल्लाको शैक्षिक धरोहरका रुपमा स्थापित सिद्धार्थ क्याम्पसमा विहिवार देखि खेल सप्ताह सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पसको आयोजनामा खेल सप्ताह सुरु भएको हो । खेल सप्ताहको उद्धघाटन बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले गरेका छन् ।

उद्धघाटन कार्यक्रममा बोल्दै थारुले सिद्धार्थ क्याम्पस शिक्षमा मात्र नभएर खेलकुद लगाएतका अन्य क्षेत्रमा पनि उत्कृष्ट रहेकोमा नगरपलिकाको ईज्जतपनि उत्तिकै बढेको बताए । उनले सिद्धार्थ क्यााम्पसको विकासका लागि कुनै कसुर नछाडि लागि परिरहने प्रतिबद्धता जनाएका छन् । खेल सप्ताह कार्यक्रममा स्ववियु सदस्य जंग बहादुर भुसाल क्षेत्रीको अध्यक्षता, बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, क्याम्पस प्रमुख खेमराज शर्माको विशिष्ट आतिथ्यता रहेको थियो ।

 

स्ववियु सदस्य पुस्कर भुसालको स्वागत रहेको कार्यक्रमको संचालन स्ववियु सदस्य हरि प्रसाद ढुङ्गानाले गरेका थिए । उद्धघाटन कार्यक्रमा क्याम्पसका शिक्षक, विद्यार्थीहरुका लगाएतको उपस्थीति रहेको थियो । खेल सिद्धार्थ क्याम्पसको आफ्नै प्रागणमा सुरु भएको हो ।

सम्बन्धित् समाचार