समयमाई सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा सिमसारको संरक्षण उधमशिलता र पर्यटनको प्रबद्र्धन भन्ने मुल नारा सहित संचालन हुन् लागेको ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सबको भोली शुक्रवार उद्घाटन हुदैँ छ । महोत्सबको उद्घाटन रुपन्देही क्षेत्र नं ५ क का सांसद भुमिश्वर ढकालले गर्नुहुने भएको छ । ताल महोत्सबको प्रचार प्रसार गर्न र दानापुर तालको पर्यटन प्रवद्धन गरि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनलाई वृद्धि गर्ने उद्देश्यका साथ संचालन हुने कञ्चन गजेडी दानापुरताल महोत्सबलाई सफल बनाउन आयोजक समिति लागी परेको व्यवस्थापक श्रीराज तिमिल्सिनाले बताउनु भएको छ । रुपन्देहि जिल्लामा हुने महोत्सव , अन्य मेला महोत्सव भन्दा ११ औँ दानापुर महोत्सवलाई भिन्न तरिकाले सञ्चालन गर्ने आयोजकले दावि गरेको छ । दानापुर महोत्सवमा दर्शकले ढुगांको सवार गर्न पाउने छन् । त्यसैगरि राष्ट्रिय ,स्थानिय वस्तुको प्रदर्शन गरिने छ , मेला अवधिभर ढेड दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने जनाएको छ ।

मेलामा आर्कषक सेल्फि जोन ,काष्ठकला प्रर्दशन हुनेछन् भने सिगिंग आईडल रहने छ । स्थानिय कला संस्कृति र पन्चेबाजा प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगीता,पर्यटकिय स्थलको फोटो प्रदशनी ,अन्तर विद्यालय बाघचाल प्रतियोगिता यो कार्यक्रम नितान्त नयाँ हो । नगरस्तरिय पुरुष भलिवल प्रतियोगिता,जिल्ला स्तरिय व्याटमिन्टन प्रतियोगीता ,खोजी मौलिक परिकार तथा मास्टर सेफ प्रतियोगिता , जोडि नृत्य रहने छ । मेलामा ढाई लाख दर्शक भित्राउने र ५ करोडको कारोवार हुने लक्ष्य रहेको छ। स्थानिय कला संस्कृतिको सम्बर्धन र संरक्षणका लागि महोत्सबमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति संगै सामजिक अभियानताका रुपमा कार्य गर्दै आईरहेको एबिसी टेलिभिजनको ईन्द्रेणीको समुह र पछिल्लो पटक कला क्षेत्रमा फरक पहिचान बनाउन सफल बाल गायिका कमला घिमिरेको समेत विशेष प्रस्तुती रहने छ । । महोत्सबमा बिभिन्न २०० स्टल हुनेछन् । त्यसमध्ये स्थानिय कृषि उद्यमीलाई विशेष प्राथमिकता दिई कृषि उद्यमशिलतामा प्रोत्साहन गर्नको लागि कृषि उत्पादनलाई महोत्सबमा समाबेस गरिने छ । त्यस्तै राष्ट्रिय आबिस्कार केन्द्रको संयोजनमा केन्द्रबाट आबिस्कार गरिएका सामग्रीहरु प्रदशनीमा राखिने छ ।
स्थानिय प्रतिभाहरुलाई समेत आबिस्कार केन्द्रमा समाहित गरिने बताईएको छ । ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सब २०७६ मा खुल्ला गायन प्रतियोगिताका भएको अडिसन राउण्डबाट १५ जना प्रतिस्पर्धीहरु महोत्सबमा प्रतिस्पर्धा गर्नका लागि छनौट भएको सांस्कृतिक संयोजक राजन शर्माले जानकारी दिनुभएको छ ।महोत्सव अवलोकन गर्न वृद्ध , अशक्त ,अपागं ,विद्यार्थीले ४० रुपैया टिकटको व्यवस्था छ भने अन्य दर्शकलाई ६० रुपैयाको टिकट लिनुपर्ने छ । महोत्सबमा संकलित प्रबेश द्धार शुल्कबाट महाबिर पुनले स्थापना गरेको राष्ट्रिय आबिस्कार केन्द्र,बन्यजन्तु संरक्षण कोष,कञ्चन गाउँपालिकामा रहेका बिभिन्न संघसंस्था ,पुरातात्विक तथा पर्यटन क्षेत्रमा काम गर्ने संस्था र उद्यमशिलताका बिकास कोषमा रु १ गरी ५ रुपैया छुट्टाइने तिमिल्सिनाले बताउनु भएको छ ।







