गृहपृष्ठ खबर धुम्रपान, मधिरा एवम लागु औषध नियन्त्रणमा तीव्रता दिदै वडा १

धुम्रपान, मधिरा एवम लागु औषध नियन्त्रणमा तीव्रता दिदै वडा १

प्रकाशित मिति:

सुशील गैरे बुद्धभूमि,
बुद्धभूमि नगरपालिका वडा १ ले खुल्ला रुपमा मदिरा एवम सुर्ती जन्य पदार्थ किन बेच गर्न रोक लगाएको छ ।
८ वर्ष देखि १८ वर्ष सम्मका युवा युवती बढी लागुपदार्थामा लागेको पाइएकोले यस्ता चिजमा रोक लगाइएको र खाएर कसले के गर्यो कसो गर्यो भन्दा पनि कसरि नियन्त्रण गर्न सकिन्छ भन्ने ठुलो कुरा रहेकाले हरेक करा आफूबाट सुरु गर्नुपर्ने वडा अध्यक्ष तेज बहादुर बस्नेत (तिलक) ले बताउनुभयो। त्यस्तै स्थानीय निकायबाट ठोस नीति बनाउन आवश्यक रहेको र विषेश गरि विध्यालय यारियालाई प्राथमिकता दिनु पर्ने र पैसाको प्रलोभनमा परि स्थानीय मेडिकलले लागु औषध बेचबिखन समेत गर्ने गरेको सुशिला दर्लामीले आरोप समेत लगाउनु भएको छ। यस्तो कार्यक्रम साविक महेन्द्रकोटमा मात्र नभई समग्र बुद्धभूमि नगरपालिकामा यसको सुरुवात गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय घनचौराका इन्चार्ज माधव बहादुर कुवरले आफुले जहाँ जतिबेला पनि उपस्थित भएर यस्तो कार्यमा संगलंगलाई आवश्यक कारवाही गर्ने बताउनु भयो, त्यस्तै उपस्थित सम्पूर्णले आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो।
बुद्धभूमि नगरपालिका वडा १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत (तिलक)को अध्यक्षता रहेको उक्त कार्यक्रममा बुद्धभूमि नगर कार्यपालिका सदस्य कमला चौधरी, वडा सदस्य इश्वरी प्रसाद पौडेल, वडा सदस्य राम प्रसाद विल्वासे, वडा सदस्य तारा परियार, मेलमिलाप समिति संयोजक विरेन्द्र मिश्र, इलाका प्रहरी कार्यालय घनचौराका इन्चार्ज माधव बहादुर कुवर, विभिन्न संघ संस्था, आमा समूह, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी,बुद्दिजिविको आथित्यता रहेको उक्त कार्यक्रमको संचालन रामु पौडलले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार