गृहपृष्ठ प्रदेश नं ५ देवदह महोत्सवमा विजय डेन्टल र लायन्स क्लब अफ देवदहले गर्यो शिवीर, स्थानीय हर्सित

देवदह महोत्सवमा विजय डेन्टल र लायन्स क्लब अफ देवदहले गर्यो शिवीर, स्थानीय हर्सित

प्रकाशित मिति:
 रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको लायन्स क्लब अफ देवदह र विजय डेन्टल होमको आयोजनामा महोत्सव भरी निशुल्क मधुमेह रोग परिक्षण तथा दन्त शिविर चलिरहेको छ । देवदह मण्डपमा संचालित छैठौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव –२०७६  अवधिभर कार्यक्रम चलिरहने विजय डेन्टल होमका प्रोपराईटर डा. विजय अमगाईले बताउनु भएको छ। उनको अनुसार दैनिक रुपमा करिब १०० भन्दा बढिले सेवा सुविधा लिगेका छन् । विजय डेन्टल होमले निशुल्क दन्त परिक्षण गरेको छ भने लायन्स क्लब अफ देवदह को आयोजनामा मेडिटेक इन्टरनेशनल हस्पिटल रिसर्च सेन्टरले  सहजीकरण गर्दै बिपी जाच तथा नुशुल्क मधुमेह परिक्षण गरेको छ । उक्त शिविरमा सेवा लिनेले विजय डेन्टल होममा पछि १० देखि १५ % को छुट पनि पाउने डा. विजय अमगाईले बताउनु भएको छ।
शिविरमा चिकित्सकहरुले दातका बिरामीहरुलाई निशुल्क दात परिक्षण गरीरहेका छन् । लायन्स क्लब अफ देवदहका अध्यक्ष बिद्या लक्ष्मी गुरुङले  स्वास्थ्य परिक्षण बिरामी भएर मात्र नभई ३/३ महिनामा चेकजाँच गराउनु पर्छ भनेर उक्त शिविर महोत्सवमा राखिएको ताकी त्यहा हेर्न आउने जति पनि दर्शक छन्  सबैले निशुल्क सेवा लिने मौका पाउनेछन्।
देवदह नै भए पनि ढेकावर , सुर्यपुरा बिजयपुर, दाउने , सरन्टाडी का मानिसलाई सामान्य चेक जाचको लागि पनि ४-५ किलोमिटर तल खैरेनी चोक आउनु पर्ने समस्या रहेको अवस्थामा यश संस्थाले महोत्सव अवधिभर शिविर संचालन गर्ने बताउनु भएको छ ।
देवदह ब्यापार संघका अध्यक्ष तथा छैठौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव –२०७६ का संयोजक कोष बहादुर गुरुङले  महोत्सव भित्र सेवा मुखी तरिकाले सिबिर राखेको भन्दै विजय डेन्टल होम र लायन्स क्लब अफ देवदहलाई धन्यवाद दिनुभएको थियो।

सम्बन्धित् समाचार