कपिलवस्तुको वाणगंगा ८ चप्परगाउँमा रहेको युनाईटेड स्टुडेन्ट्स एकेडेमीको आयोजनामा नगर स्तरिय स्पेलिङ् कन्टेस्ट सम्पन्न गरिएको छ । कार्यक्रममा वाणगंगा नगरका १४ वटा निजी विद्यालयको विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुको बौद्धिक क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक राजु अधिकारीले बताएका छन् ।
कार्यक्रममा ज्ञानपुञ्ज बोर्डिङ् स्कुल राजपुर प्रथम, आयोजक युनाईटेड स्टुडेन्ट्स एकेडेमी चप्परगाउँ द्धितीय, आवर विज्डम बोर्डिङ् स्कुल वैरिया तृतीय हुन सफल भएका छन् । विजेता विद्यार्थीहरुको समुहलाई कप, मेडल र प्रमाण पत्र सहित पुरस्कार वितरण गर्नुका साथै बधाई ज्ञापन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरका शिक्षा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसीले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको क्षमता विकास हुने बताउदै नगरले पनि विभिन्न खालका शैक्षिक कार्यक्रमहरु ल्याउने बताए । प्रमुख अतिथि समेत रहेका जिसिले उत्कृष्ट विद्यार्थीलाई बधाई दिदै युनाईटेडको उदाहरणिय कार्य प्रति प्रशंसा गरे ।
विद्यालयका प्रबन्ध निर्देशक राजु अधिकारीको अध्यक्षता, प्याब्सनका केन्द्रिय सदस्य सरोज खनाल, प्रदेश कोषाध्यक्ष केशव सापकोटा, वाणगंगा प्याब्सनका प्रमुख सल्लाहकार रोमाकन्त घिमिरे, सञ्चालक समिति अध्यक्ष सिद्ध प्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको कार्यक्रम सहायक प्रिन्सिपल सोनु शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।