गृहपृष्ठ Featured वाणगंगा नदिको तत्काल ठेक्का सुरु गर्न नगरपालिकालाई उच्च अदालतको अन्तरिम आदेश

वाणगंगा नदिको तत्काल ठेक्का सुरु गर्न नगरपालिकालाई उच्च अदालतको अन्तरिम आदेश

प्रकाशित मिति:

विवादका कारण रोकिएको वाणगंगा नदिको ठेक्का प्रक्रिया शुक्रबारदेखि पुनः सुचारु भएको छ । नगरपालिकाले माघ १५ गते बुधबार दोस्रो पटकका लागि नदीजन्य पदार्थको ठेक्का खुलाएको थियो । पहिलो पटक खुलाइएको ठेक्का पहिलो पक्ष एनवि कन्स्ट्रक्सन र दोस्रो पक्ष ओम सत्य साईले पाएपनि उनीहरुले ठेक्का लिन अस्विकार गरेका थिए । माघ १७ गते  नगरपालिकाको निर्णय प्रति असन्तृष्टि जनाउँदै ठेक्काको तेस्रो पक्ष रवि निर्माण सेवाले उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा रिट दायर गरेका थिए । उक्त रिटबारे शुक्रबार भएको बहस पछि उच्च अदालतले तत्काल ठेक्का सुरु गर्न अन्तरिम आदेश दिएको छ । साथै अदालतले माघ २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । सोही अनुसार शुक्रबार अदालतले दोहोरो छलफल पछि पुनः सुचारु गरेको नगर प्रवक्ता विष्णु पौडेलले बताए ।

ठेकेदारले पहिलो पटक निकालिएको ठेक्कामा मिलेमतो गरी ठेक्का हालेको र उक्त ठेक्का रद्ध गर्नुपर्ने माग चर्को गरी उठेको थियो । ठेक्काको पहिलो र दोस्रो पक्षले ठेक्का लिन नखोज्नुलाई नगरबासीले मिलेमतोको रुपमा हेरेका थिए । कम राजश्व हुँदाहुँदै पनि तेस्रो पक्षलाई ठेक्का पार्न खोजेको भन्ने चर्चा बाहिर आएको थियो । विभिन्न आशंकाका बीच नगरपालिकाले ठेक्का रद्ध गरी नयाँ खोल्ने निर्णय गरेको थियो ।

सम्बन्धित् समाचार